असार ६ माङ्सेवुङ । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर–भाउजुको शव फेला परेको छ । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन् ।
बिहीबार बिहान कसैलाई नसोधी घरबाट हिँडेका देवर, भाउजू बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए ।
मंगलबारेबाट प्रहरी निरिक्षक राजकुमार शाह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । दुवै जनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवि सिथत अस्पतालमा लगिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरिक्षक तेलीले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline