पर्सा पटेर्वासुगौलिमा महिला प्रहरीका लागि दुई कोठे भवनको उदघाटन

पर्सा पटेर्वासुगौलिमा महिला प्रहरीका लागि दुई कोठे भवनको उदघाटन

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बीरगञ्ज असार ५ । पर्सा जिल्ला स्थित रहेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा निर्मित महिला प्रहरी भवनको उद्घाटन भएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले महिला प्रहरी भवनको शुक्रवार उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा उनले महिला प्रहरीका लागि छुट्टै भवन निर्माण भएकोमा खुशी व्यक्त गरिन्।

उनले महिला प्रहरीको लागि छुट्टै भवनको निर्माण गरेकोमा गाँउ पालिकाको प्रशंसा गरिन्। पन्तले कोभिड–१९ महामारीमा प्रहरीले खेलेको भूमिका पर्याप्त नभएको भन्दै यो अभियानमा सबैको सहकार्य आवश्यक हुने बताइन्। प्रहरी एक्लैले कोभिड–१९ रोकथाममा अहम् भूमिका खेल्न नसक्ने भन्दै उनले समाजको सहकार्य आवश्यक भएको जिकिर गरिन्।

प्रहरी उपरीक्षक पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जाहेर गरिन्। उनले जिल्लामैं महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताइन्। उनले पर्सामा कम्तीमा दुई सय महिला प्रहरी आवश्यक रहेको जिकिर गरिन्। महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी खटेका छन्।

गाउपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, शिक्षक सुभाष दासलगायतले मन्तव्य व्यक्त गरेका थिए।
इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले गापाको रु १५ लाखको लागतमा दुई कोठे सुविधासम्पन्न महिला प्रहरी भवन निर्माण भएको बताए,कार्यक्रमको संचालन लेखापाल एव प्रहरी सहायक निरीक्षक सुभाष यादवले गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ