भीमदत्तको वडा नम्बर २ कार्यालय भवनको शिलान्यास

भीमदत्तको वडा नम्बर २ कार्यालय भवनको शिलान्यास

  • शुक्रबार, असार ५, २०७७
  • डम्मर राज भट्ट

  • 9.3K
    SHARES

कन्चनपुर , ५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच वडा कार्यालय भवनको शिलान्यास गरिएको हो । भीमदत्त नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम अनुसार भवन निर्माण सुरु गरिएको वडाध्यक्ष डम्बर कार्की ९डिके०ले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भवन निर्माण कार्य शिलान्यास गरेका छ्न ।
कार्यक्रममा वडा भवनको लागी जग्गा दान दिने परिवारलाई सम्मन गरिएको छ । स्थानिय राम प्रसाद चौधरी सहित उनका भाइहरुले दुइ कट्टा जग्गा दान दिएका छ्न ।शिलान्यास कार्यक्रममा नगर प्रमुख बिष्टले बासिन्दालाई व्यवस्थित रुपमा सेवा सुविधा प्रदान गर्न वडा कार्यलय भवन निर्माण सुरु गरिएको बताए ।
यस बर्ष एक दर्जन वडा कार्यलय भवन निर्माण सुरु गरिएको छ, त्यस अन्तर्गत दुई नम्बरमा पनि भवन निर्माण सुरु भएको छ उनले भने, यो समयमा सम्पन्न होस, गुणस्तरीय होस ।
उनले भवन निर्माणका लागी जग्गा दान दिने चौधरी दाजु भाई धन्यबाद दिदै आभार व्यक्त गरे । वडा अध्यक्ष डम्मर सिंह कार्कीले सम्झौता अनुसार समयमा भवन निर्माण सम्पन हुने गरि सुरु गरिएको बताए । अहिले भाडामा कार्यालय छ, भवन बनेपछि आफ्नै भवनबाट सेवा प्रदान गर्छौ उनले भने ।


एम्के जेभी निरज कन्स्ट्रक्सनले एक करोड ४७ लाखमा निर्माण ठेक्का लिएको छ । आगामी चैतमा भवन निर्माण कार्य सक्ने सम्झौता छ ।
कार्यक्रममा नगर प्रमुख बिष्टले जग्गादाता राम प्रसाद चौधरी सहित उनका भाईगुरु लक्ष्मण चौधरी, भरत चौधरी र रमेश चौधरिलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनिहरु सबैलाई सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु रबिन्द्र तिवारी, प्रेग चौधरी लगायतका सहभागी भएका रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी