कञ्चनपुर ५ असार । वडाका बेरोजगार युवाका लागि आएको ‘ड्राईभिङ’ तालिम गुपचुपमा संचालन भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ कार्यालय विवादमा परेको छ ।
चालु आर्थिक बर्ष ०७६÷०७७ मा वडाले गाउँका बेरोजगार युवा युवतिका लागि एक महिने अवधिको ‘ड्राईभिङ’ तालिमको योजना छनौट गरेको थियो ।
ग्रामिण भेगमा रहेका बेरोजगार युवा युवती जो चालक तालिम लिएर आत्मनिर्भरतर्फ उन्मुख हुन, तालिम लिएपछि व्यवहारिक कार्यान्वयन गरेर जिविकोपार्जनका लागि समक्ष बनाउने वडाको उदेश्य थियो । तर, वडाले आफ्नो उदेश्य विपरित तालिम संचालन गरेपछि जनप्रतिनिधी विवादमा तानिएका छन् । जनप्रतिधि मात्रै नभएर तालिममा छनौट भएका जिम्मेबार व्यक्ति पनि विवादमा तानिएका हुन् । वडाले तोके अनुरुप सम्पूर्ण वडाबासीको तालिममा सहभागिताका लागि आवेदन दिन पाउँछन, तर वडाको उदेश्य विपरित तालिम लिने व्यक्ति छनौट भएपछि जनप्रतिनिधीप्रति जनता खनिएका हुन् ।
तालिम संचालनका लागि नेपाल राष्ट्रिय विकास समाजसंग वडा र नगरपालिकाले सम्झौता, कार्यादेश गरेको छ । वडाले एक जनाको नाम काटेर चार जनालाई तालिम दिन संस्थालाई कार्यादेश दिएको पाईन्छ । तालिम प्रदायक संस्था नेपाल राष्ट्रिय विकास समाजका अध्यक्ष भीम भट्टले तालिम संचालनका लागि संस्थाले पुरै प्रकृया पु¥याएर संचालन गरेको बताए ।
अध्यक्ष भट्टले वडाले आब्हान गरेको गरेको सुचना अनुरुप संस्था छनौट भएर तालिम संचालन गरिएको बताए । ‘वडाबाट चार जनाको नाम छनौट गरेर तालिम संचालन गरेको हुँ, ‘उनले भने, ‘तालिम संचालन भईरहेको छ, खै किन विचमा आएर विवाद आयो ।’ वडाबाट सिफारिस र नगरपालिकाबाट तालिम संचालनका लागि कार्यादेश पाएपछि मात्रै तालिम संचालन गरेको अध्यक्ष भट्टले बताए ।
तालिममा नेतादेखि कर्मचारी छनौट भएपछि स्थानीयले बिरोध उत्रेका छन् । एक लाख बजेटको सवारी साधन चालक तालिममा नेतादेखि कर्मचारी छनौटमा परेपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका हुन् । कम्तिमा १५ देखि २० जना बेरोजगार युवा युवतीलाई तालिम दिन सक्ने भएपनि वडाले गुपचुपमा जनतालाई सुचना नै नदिएर तालिम संचालन गरेपछि स्थानीय वडा बिरुद्ध आन्दोलित भएका हुन् ।
स्थानीयले नेपाली काँग्रेस भीमदत्त नगरपालिका ५ नम्बरका वडा सभापति श्याम सुन्दर ठगुराठीदेखि भीमदत्त नगरपालिका कार्यालयका कृषि शाखाका कर्मचारी हरिदत्त जोशी ‘ड्राईभिङ तालिममा छनौट’ भएपछि थप बिरोधमा उत्रेका हुन् ।
काँग्रेस वडा सभापति ठकुराठी सहित चार जना राजेश ठकृुराठी, महेश अवस्थी र रमेश विकको नाम वडाले सिफारिस गरेको थियो । उनीहरुले एकसाता भन्दा बढि समय तालिम लिएका थिए । कर्मचारी भनिएका व्यक्तिको नाम लिष्टबाट हटाईएको छ । बेरोजगार युवा युुवतीका लागि आएको तालिममा कर्मचारीले तालिम लिदा भोली विवाद हुने भन्दै हटाएकोे वडा सचिव हिरासिह ठगुराठीले बताए । ‘हामीले वडाबाट चार जनालाई मात्रै तालिम दिन संस्थालाई सिफारिस गरेका थियौँ, ‘उनले भने, ‘थपिएका कर्मचारी हुन, भोली विवाद हुन्छ, भन्दै हटाएका हौँ, आज उसैपनि विवाद भईहाल्यो ।’ काँग्रेस वडा सभापतिले यस्तो तालिम आएको आफुले थाहा पाएर कम्तिमा गाउँमा बेरोजगार युवा युवतीलाई भनेर उनीहरुलाई तालिम दिलाउनुको साटो आफै तालिम लिएपछि स्वयम काँग्रेस भित्रै विवाद देखिएको छ ।
स्थानीयले वडाबाट गम्भिर त्रृटी भएकाले लक्षित वर्गले तालिम नपाएको बताएका छन् । स्थानीय एव नेवि संघ नेता दिपेश पन्तले वडाले गम्भिर गल्ती गर्दा आज लक्षित वर्गले तालिम नपाएको बताए । उनले काँग्रेस वडा सभापतिदेखि कर्मचारीको नाम तालिममा परेपछि आश्चर्यता प्रकट गरे । ‘तालिम लिनुपर्ने बेरोजगार युवाले हो, ‘उनले भने, ‘उहाँ नेता कर्मचारी परेपछि हामी आन्दोलनमा उत्रेका हौँ ।’ चालक तालिम सीप सिकेर स्वरोजगारतर्फ उन्मुख हुनुपर्ने भएको बताउदै तालिम सौखका लागि नभएको बताए । संचालन भईरहेको तालिम खारेजी गर्दै नयाँ ढङगबाट तालिमका लागि सुचना आब्हान हुनुपर्ने उनले बताए ।
स्थानीय बुद्धिजिवी शुशिल ओखेडाले तालिम संचालनका लागि पुरै प्रकृया नै गलत भएको टिप्पणी गरे । ‘तालिममा छनौट प्रकृया नै गलत भएको छ, व्यक्ति को परे भन्ने होईन, ‘उनले भने, ‘लक्षित वर्गका लागि आएको तालिम लक्षितले नै पाउनुपर्छ ।’ पाँच जनाका लागि तालिममा दरखास्त पनि ठ्याक्कै पाँच त्यसमा पनि एक कर्मचारी पर्नु दुखत भएको उनको भनाई छ ।
महिला शोभा टमाटाले गरिब, विपन्न, दलित एव बेरोजगारका लागि आएको तालिममा नेता, कर्मचारी पर्नु दुखत भएको बताए । ‘गरिबले तालिम लिएर कसैको गाडी चलाएर आत्मनिर्भर बन्छ, ‘उनले भनिन, ‘नेता कर्मचारीले चालक तालिम सिकेर के गर्दछ ।’
जेष्ठ नागरिक नन्दराज पन्तले सीपमुलक तालिम संचालन हुँदा वडाभरीक जनतालाई सुचना प्रवाह गर्नुपर्नेमा सुझाव दिए । ‘वडामा यो तालिम खुलेको छ, भनेर सबैकहाँ सुचना प्रवाह गर्नुपथ्यौँ, गरिएन, ‘उनले भने, ‘जनप्रतिनिधीको काम देखेर जनता हैरान भएका छन् ।’
स्थानीय एव अनेरास्ववियूका नेता रमेश पन्तले तालिम जुन वर्गले पाउनुपर्ने हो, त्यो वर्गले नपाएपछि विवाद भएको बताए । ‘कम्तिमा जिम्मेबार नेताले तालिमका लागि आफै जानु थिएन, उद्यपी उनीहरुले नपाउने भन्ने होईन, ‘उनले भने, ‘वडाको लक्ष अनुरुप बेरोजार युवाका लागि आएको तालिम हो ।’ स्थानीय एव नेपाली काँग्रेस नेता बिनोद खडकाले नगरपालिकाबाट गल्ती हुँदा मदिराका पाखरी अध्यक्ष र सचिवले झनै गल्ती गरेको टिप्पणी गरे । अहिले कोरोना रोकथामका लागि चटारो चलेका बेला यहाँ चालक तालिमको किचलो भएको भन्दै उनले जनप्रतिनिधी, कर्मचारीको बिरोध गरे ।
तालिम लिएकाहरुले संस्थाले आब्हान गरेको सुचना अनुसार दरखास्त दिएर तालिम लिएको बताएका छन् । भीनपा ५ का काँग्रेस सभापति एव चालक तालिममा छनौट भएका प्रशिक्षार्थी श्याम सुन्दर ठगुराठीले स्थानीय भएकाले तालिम लिन दरखास्त दिएको बताए । ‘हामीले संस्थाको
। ‘हामीले संस्थाको सुचना हेरेर तालिम लिएका हौँ, ‘उनले भने, ‘यसमा कुनै फकिर छैन, हामीसंग व्यक्तिगत बिरोध गर्नुभन्दा संस्थागत कुरा गरौँ, उतै संस्थासंग भनौँ ।’ वडाबासी भएकाले तालिम लिएको बताउदै यस्ता विषयलाई अनावश्यक विवादमा ल्याउन नहुने उनले बताए ।
भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदन बहादुर चन्दले वडाको लक्ष्य विपरित तालिम संचालन भएको बताए । ‘यो तालिम हाम्रो उदेश्य अनुरुप भएन, ‘उनले भने, ‘वडा सचिव र नगरपालिकाका कर्मचारी के के गरे हामी जनप्रतिनिधीलाई थाहै भएन् ।’
आफुहरुसंग तालिम बारे कुनै सम्झौताा सहमती नभएको बताउदै वडाध्यक्ष चन्दले ३ असारमा मात्रै तालिम संचालन बारे थाहा भएको बताए । ‘हामीले तालिम संचालन भएको थाह पाएपछि वडामा आन्दोलन पनि आईहाल्यो, ‘उनले भने, ‘यस बारेमा वडा समितिको बैठकले तालिम बन्द गर्ने निर्णय गरेका छौँ ।’
तालिम स्थगित गरेर अर्को सुचना प्रकासित गर्ने भएपनि ताला समेत खोलिएको उनले बताए । स्थानीयले भने सोही बजेटमा पुन सुचना प्रकासित गरेर तालिम संचालन नगरेर फेरीपनि आन्दोलन गर्ने चेतावनी दिए । चालक तालिमको विषयमा छानबिन समिति बनाएर कहाँबाट कमजोरी भएको छ, त्यसको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नभए अख्तियार धाउने समेत स्थानीयले बताएका छन् । यस्तो सानो तालिममा पनि नेतादेखि कर्मचारीले हानथाप गर्ने भएपनि जनताका लागि आउने बजेट तथा कार्यक्रममा के होला भनेर स्थानीय कटाक्ष गरिरहेका छन् ।