सैनामैनाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने

सैनामैनाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

खस्यौली, ५ असार। सैनामैना नगरपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि पर्यटन, उद्योग र पूर्वाधार सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारासहित ७९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाको सातौंँ नगर परिषद्मा नगरप्रमुख चित्रबहादुर कार्कीले नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासका योजना कटौती गरी विपद् व्यवस्थापनमा खर्च गरिएको बताउनुभयो ।
कोरोना महामारी लामो समयसम्म रहे नगरपालिकाभित्रै सञ्चालनमा रहेका सामुदायिक क्वारेन्टिन सङ्ख्या पाँच र आइसोलेशन अस्पताल सङ्ख्या एकको क्षमता विस्तारमा जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रमअनुरुप नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माण शुरु गरिने तथा सबै स्वास्थ्य संस्थामा व्यवस्थित फिभर क्लिनिक सञ्चालन गरिने नगर प्रमुख कार्कीले बताउनुभयो ।

फोहरको दीर्घकालीन व्यवस्थापनका लागि सैनामैना १०, एक्ला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको जनाउँदै उहाँले आव २०७७।०७८ मा पूर्वाधार निर्माण सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
जग्गाधनीले जग्गा बाँझो राखेमा जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिँदै कृषियोग्य जमीनमा बस्ती विकास र शहरीकरणलाई निरुत्साहन गरी व्यावसायिक कृषिमार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षमा ठेक्का लागेका र सम्झौता भएका सञ्चालित आयोजनालाई म्याद थप गरी सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने र बहुवर्षीय आयोजना तोकिएको समयावधिभित्रै सम्पन्न गर्ने गरी स्रोत सुनिश्चित गरिएको जानकारी दिँदै नगरप्रमुख कार्कीले आव २०७६ । ०७७ मा सडक स्तरोन्नतिका योजनाको न्यूनतम ७५ प्रतिशत बजेट सुनिश्चित गरी आगामी आवको कात्तिक मसान्तसम्म सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

कञ्चनको नीति तथा कार्यक्रम

रुपन्देहीको कञ्चन गाउँपालिकाले आज आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौंँ गाउँसभामा अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना विरुद्धको लडाइँसँगै कृषि र पशुमा आत्मनिर्भर भएर स्वरोजगार बनाइने योजना रहेको बताउनुभयो ।
उहाँले कोरोना नियन्त्रण कोष निर्माण गरी कोषमार्फत बजेट सङ्कलन र खर्च हुने जानकारी दिँदै विद्यालयमा रहेको क्वारेन्टिन हटाई १५ शय्याको आइसोलेशन अस्पताल सञ्चालन गरिने बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले पशुपालनलाई बढावा दिन अनुदान कार्यक्रम तथा दूध र कुुखुरापालनका लागि उत्पादनका आधारमा अनुदान दिइने जानकारी दिनुयो ।
गाउँपालिकामा अव्यवस्थित बसोबास गरेकालाई जग्गाधनी पूर्जा वितरणको व्यवस्था गरिने जानकारी दिँदै उहाँले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक डम्पिङ साइट निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रम निर्धारण गर्न पहल गरिने छ र उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालनमा ल्याइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ