एमसीसीको बिरोधमा प्रदर्शनम उत्रिएका अखिल क्रान्तिकारीका १० जना प्रहरीद्धारा पकाउ

एमसीसीको बिरोधमा प्रदर्शनम उत्रिएका अखिल क्रान्तिकारीका १० जना प्रहरीद्धारा पकाउ

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ असार ५ । एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गर्न निस्केका उत्रिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का करिब १० जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ । निकै विवादीत बनिरहेको अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध प्रदर्शनका तयारी गरिरहेका उनीहरुलाई प्रहरीले राजधानीको सुन्धरा क्षेत्रबाट गिरफ्तार गरेको हो ।
पक्राउ परेका सबै विद्यार्थी रिहा गर्न अखिल क्रान्तिकारीले माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय संगठनहरुले आज देशै भरी एमसीसीका बिरुद्ध प्रदर्शन गर्ने घोषित कार्यक्रम अनुसार प्रदर्शन गर्न सुन्धारा पुगेका बेला ती विद्यार्थीहरु पक्राउ परेका हुन् ।
नेकपाले सरकारले नक्सा विस्तार र परिमार्जन गरेको कदमको समर्थन गरे पनि एमसीसी पारित गर्न नहुने र कालापानी लिम्पियाधुरा र लिपुलेक जमिन बास्तविक स्वामित्वमा ल्याउन अघि बढ्नु पर्ने बताउदै आएको छ ।
यस्तै उता दाङबाट पनि विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कमिटि सदस्य मदन केसीलाई हिजो साझँ पक्राउ गरिएको प्रहरीले पुष्टी गरको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ