नवलपरासी पश्चिम ५ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपु गाउँपालिकामा बिहिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका ८ बद्रिघाटका ५० वर्षिय खजन्ती राजभरको घरमै करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार घरको छतमा रहेको टिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको थियो ।
राजभरलाई करेन्ट लाग्नासाथ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याइएको थियो । तर उनको मृत्यु भएको घोषणा गरियो ।
अहिले उनको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline