महाकाली अस्पतालमा उपचारार्थ कोरोनाका बिरामीका लागि कञ्चनपुरकी महिलाले फलफुल सहयोग गरेकी छिन् ।
आफ्नो जन्मदिनको अवसरमा लालझाडी गाउँपालिका ६ चाँन्देव कञ्चनपुरकी प्रभा भट्टराई ९भट्ट० ले महाकाली अस्पतालमा उपचारार्थ रहेका कोरोनाका संक्रमित बिरामीलाई फुलफुल दिएका हुन् । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध लडिरहेकालाई हौसला प्रदानका लागि जन्मदिनमा फलफुल सहयोग गरेको उनले बताईन् । एक काटुन स्याउ र पाँच दर्जन केरा वितरण गरिएका छन् ।
मिरमिरे डटकम कञ्चनपुरका समाचारदाता डम्मर भट्टकी धर्मपत्नी प्रभाले आफ्नो जन्मदिनका अवसरममा फलफुल दिएका हुन् ।
प्रभाका पति पत्रकार भट्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर० लाई उत्त फलफुल हस्तान्तण गरेको बताए । महाकाली अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशोले भने यसरी कोरोनाका बिरामीका लागि फलफुल दिएपछि बिरामीलाई नास्ताका रुपमा वितरण गरिएको बताए । यसबाट कोरोना संक्रमित बिरामीहरूलाई थप डाईट तथा हौसला प्रदान हुने बताए ।