सिन्धुपाल्चोक असार ५ । कुवेतबाट फर्किएका ९ जना महिला सहित सिन्धुपालचोकमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मेलम्चीको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।
संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् ।
उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु जेठ २९ गते स्वदेश फर्केका थिए ।
त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् ।
यस अघि नेपालमा सबै भन्दा पहिला सिन्धुपालचोककी एक सुत्केरी महिलाको कोरोनाका कारण ज्यान गएको थियो ।