नेकपा र चीनीया कम्युनिष्ट पार्टीका नेताहरुबीच आज भिडियो कन्फेरेन्स अन्तरक्रिया हुँदै

नेकपा र चीनीया कम्युनिष्ट पार्टीका नेताहरुबीच आज भिडियो कन्फेरेन्स अन्तरक्रिया हुँदै

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असार ५ काठमाण्डौं । कोरोनाका कारण प्रत्यक्ष कार्यशाला हुन नसक्ने भए पछि नेपाल कम्युनिष्ट पार्टी र चीनीया कम्युनिष्ट पार्टीका नेताहरुबीच भिडियो कन्फेरेन्स मार्फत कार्यशाला आज हुने भएको छ । आज अपरान्ह उक्त कार्यशाला हुने जनाईएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला तय भएको हो ।
भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।
अघिल्लो बर्ष दुई पार्टीका नेताहरु सम्मिलित दुई दिने गोष्टी काठमाण्डौमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ