वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा

वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, ४ असार। वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको आज कोरोना बीमा गरिएको छ । प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड –१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको बीमा गरिएको हो ।

कोरोना भाइरसको पिसिआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमित पत्रकारले रु एक लाखको बीमा युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने जनाइएको छ ।
कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गर्नुभयो । सो बीमाबाट पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न सहयोग पुग्ने विश्वास रजिष्ट्रार सापकोटोले व्यक्त गर्नुभयो । मन्त्रालयले एक हजार पत्रकारको बीमा गर्ने लक्ष्य राखेको छ ।

प्रदेशका १३ वटै जिल्लामा क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ