काँग्रेसद्वारा शङ्कास्पद मृत्यु भएको घटनाप्रति ध्यानाकर्ष

काँग्रेसद्वारा शङ्कास्पद मृत्यु भएको घटनाप्रति ध्यानाकर्ष

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, ४ असार । नेपाली काँग्रेसले धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर वर्कुवा निवासी शम्भु सदा ९मुसहर० को सबैलास्थित इलाका प्रहरीको हिरासतमै गत जेठ २८ गते शङ्कास्पद रुपमा मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत घटनाको न्यायिक छानबिन गरी सत्यतथ्यका आधारमा दोषीलाई कारवाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी काँग्रेसले बन्दाबन्दीको अवस्थामा सिमानामा बस्ने, खाने र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नभएका कारण अनाहकमा नागरिकले मृत्युवरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

भारतबाट रोजगारी गरी फर्किएका वीरेन्द्र यादवको केही दिनअघि बन्दाबन्दीको बेला नेपालको सिमाना नगराइन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धेरै दिनको भोकका कारण मृत्यु भएको थियो । काँग्रेसले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी