असार ४ काठमाण्डौं । देशभर आज २४ घण्टामा ६ सय ७१ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर ७ हजार ८ सय ४८ पुगेको छ । यति धेरै संख्यामा एकै दिन संक्रमित भएको यो पहिलो पटक हो ।
देशभरका २२ वटा प्रयोगशालामा भएका परीक्षणहरुबाट ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
७४ जिल्लामा संक्रमण फैलिसकेको छ । आज संक्रमित मध्य ८० जना महिला छन् भने ५ सय ९१ जना पुरुष रहेका छन् ।
हाल सम्म जम्मा संक्रमित मध्य ६ सय १९ जना र पुरुष ७ हजार २ सय २९ जना रहेका छन् ।
काठमाण्डौं, ललितपुर भक्तपुरमा पनि कोरोना संक्रमित आज थपिएका छन् ।
कोरोनाबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १२ सय बढी डिस्चार्ज भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline