प्रधानमन्त्रीको जोडमा कनिष्ट डा. दिव्यासिंहलाई डिन बनाएको भन्दै सत्तारुढ विद्यार्थी संगठनले आईओएममा लगायो ताला

प्रधानमन्त्रीको जोडमा कनिष्ट डा. दिव्यासिंहलाई डिन बनाएको भन्दै सत्तारुढ विद्यार्थी संगठनले आईओएममा लगायो ताला

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

असार ४ काठमाण्डौं । वरिष्ठता मिचेर कनिष्ठलाई डिन बनाएको भन्दै असन्तुष्ट पक्षले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा सत्तारुढा दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ताला लगाएको छ।

बुधबार त्रीवी कार्यकारी परिषदले त्रीवी शिक्षण अस्पतालकी प्रा डा दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको थियो।

शाह प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक समेत हुन्। कनिष्ठ भएपनि शाहलाई प्रधानमन्त्रीको जोडबलमा डिन बनाएको विद्यार्थीको आरोप छ।

डिन सर्च कमिटीले बुधबार नै शाहसहित तीन जनाको नाम त्रीवीलाई दिएको थियो। विद्यार्थीले यसअघि पनि त्रीवी पदाधिकारीलाई भेटेर वरिष्ठताको आधारमा डिन नियुक्त गर्न माग गरेका थिए। तर विगतमा वरिष्ठताकै आधारमा डिन बनाउने परिपाटीलाई मिचेर शाहलाई डिन बनाएपछि विद्यार्थी आन्दोलित भएका हुन्।
डिन नियुक्ति खारेज नभएसम्म आन्दोलन नरोकिने विद्यार्थीको चेतावनी छ।
उक्त आन्दोलनमा शिक्षण अस्पतालका कर्मचारीको समेत समर्थन रहेको बिद्यार्थीहरुको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ