कन्चनपुर ४ असार कञ्चनपुरको भीमदत्त नगरपालीकाका वडा नम्बर ४ स्थित हनुमान मन्दिर नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
बुधवार सोही वडाका ६८ वर्षिया मदन राज भट्ट हनुमान मन्दिर नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताउनुभएको छ ।
उनले भने ‘भट्टको खोला नजिकै बेवारीसे अवस्थामा शव फेला परेको हो । मृत मदन राज भट्ट् गत जेठ ३१ गते सनिवार देखी हराईरहेका थिए । जिल्ला प्रहरी कार्यालय अहिले घटना बारे थप अनुसन्धान गरीरहेको थापाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline