मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गर्न सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गर्न सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

विराटनगर, ३ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरी मापदण्ड विपरीतका क्वारेन्टाईन बन्द गर्न निर्देशन दिनु भएको छ ।
प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गर्दै मन्त्री घिमिरेले मापदण्ड विपरितका क्वारेन्टाईन तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो । उहाँले स्थानीयस्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन अस्तव्यस्त देखिएकाले अनुगमन गर्दै बन्द गर्न निर्देशन दिने गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कतिपय क्वारेन्टाइन अव्यवस्थित पाईएकाले तत्काल बन्द गर्न भनिएको मन्त्रि घिमिरेले बताउनुभयो ।
अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरुलाई क्वारेन्टाईनको अनुशासन पालना गर्न आग्रह गर्नुभयो । मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगी, प्रमुख जिल्ला अधिकारी उदयबादुर राना, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले कचनकवलको वडा नं. ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाईन, वडा नं. ४ को महेन्द्र रत्न मावि क्वारेन्टाईन र वडा नं. ३ को पथरीया मावि क्वारेन्टाईन, भद्रपुर नगरपालिका वडा नं. २ को हिमाली मावि क्वारेन्टाईन लगायतको अनुगमन गर्नुभएको छ । मन्त्री घिमिरेले मेची नगरनगरपालिको काकडभिट्टा मावि होल्डिङ एरिया, धाईजन स्वास्थ्य चौकी र कनकाई नगरपालिका अवस्थाबारे नगर प्रमुख राजेन्द्र पोखरेलसँग जानकारी लिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ