भक्तपुरमा प्रहरी सहित चार जना कोरोना संक्रमित

भक्तपुरमा प्रहरी सहित चार जना कोरोना संक्रमित

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

असार ४ भक्तपुर । भक्तपुरका प्रहरी सहित चार जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत चाँगुनारायण नगरपालिका–५ छालिङ निवासी ३२ वर्षीय प्रहरी र भक्तपर नगरपालिका–६ भोलाछेंका २२ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

त्यस्तै कुवेतबाट नेपाल फर्केकी २२ वर्षीया महिला र ललितपुरको टीकाथली घर भएका एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए। उनका अनुसार कुवेतबाट नेपाल फर्केपछि भक्तपुरको चाँगुनारायण नगरपालिका(७ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलाका कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत ३२ वर्षीय युवामा कोरोना भाइरस पुष्टि भए परिसरका सबै प्रहरी अधिकृत तथा जवानहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै सञ्चार शाखाका सबैलाई उक्त शाखामै क्वारेन्टाइन बनाएर राखिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

त्यस्तै भक्तपुर नपा ६ भोलाछेंका २२ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै बिहीबार बिहानै उनको घर क्षेत्र सिल गरिएको छ। संक्रमित मध्य ३ जनालाई टेकु र एक जनालाई पाटन अस्पतालको आईसोलेसनमा लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ