डा. दिव्या सिंह आईओएमको डिनमा नियुक्त

डा. दिव्या सिंह आईओएमको डिनमा नियुक्त

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

काठमाडौं, असार ३ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा वरिष्ठ चिकित्सक दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

गत जेठ २३ गते प्रा. डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले डा. प्रदीप वैद्य, डा. दिव्या सिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्ले बुधबार डा. शाहलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रा. डा. जगदीश अग्रवालको चारवर्षे कार्यकाल सकिएपछि आईओएममा डीनको पद रिक्त रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ