शिशु सहित १८ जना कोरोना जितेर महाकाली अस्पतालबाट डिस्चार्ज

शिशु सहित १८ जना कोरोना जितेर महाकाली अस्पतालबाट डिस्चार्ज

  • बुधबार, असार ३, २०७७
  • डम्मर राज भट्ट

  • 13.9K
    SHARES

कञ्चनपुर, ३ असार । एक साताभित्रै कञ्चनपुरको महाकाली अस्पतालबाट ११ महिने शिशु सहित १८जनाले कोरोना परास्थ अर्थात जितेर घर गएका छन् । शुरुमा ४ जना, त्यसपछि शुक्लाफाँट नगरपालिका ११ कलुवापुरका ११ महिने शिशु शुशांक सुनार दुई काठमाण्डौँका नागरिक सहित १८जना डिस्चार्ज भएका हुन् । बुधबार कोरोना जितेर कञ्चनपुरको महाकाली अस्पतालबाट एक साथ १३ जना डिस्चार्ज भएका छन् । बुधबार कैलालीका ७ र कञ्चनपुरका ६ जना एकसाथ डिस्चार्ज भएका हुन् । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २।३९क० अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि तेहै जनालाई डिस्चार्ज गरिएको उल्लेख महाकाली अस्पताल स्रोतले जनाएको छ ।
कैलाली गौरीगंगा नगरपालिका ५का खडक बहादुर साउद, मान बहादुर साउद, सुरेन्द्र चौधरी, जय बहादुर सार्की, साग नेपाली, भीम बहादुर शाही, महासिह थापा र कञ्चनपुरको लालझाडी गाउँपालिका ४का राज कुमार राना, पुर्नवास नगरपालिका ५का जय तिरुवा, पुर्नवास नगरपालिका ९ कृष्ण ब। थापा, लालसिह सुनार, सन्तोष सुनार, अमित कुमार जैसी डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकाहरुले अस्पतालमा राम्रो उपचार पाएको बताएका छन् ।
उनीहरुलाई महाकाली अस्पताल व्यवस्थापन समितिका पदाधिकारी चिकित्सक एव स्वास्थ्यकर्मीले खादा र टिका लगाएर विदाई गरेका छन् ।


महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी९बोक्सर०ले एकसाथ १३ जना निको भएर विदाई गरिएको बताए । ‘पहिले अन्य रोगका बिरामी पनि रिर्फर हुन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अहिले कोरोना जस्तो जटिल रोग पनि उपचारमा सफल भईरहेका छौँ ।’ यस अघि अस्पतालबाट ११ महिने शिशु सहित पाँच जना डिस्जार्च भएका थिए । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् । हालसम्म महाकाली अस्पतालबाट १८ जना निको भएर डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी