अवसान

अवसान

  • मङ्लबार, असार २, २०७७
  • निरन्जना चन्द 'निरु’

  • 46.3K
    SHARES

ए ! राता मानिसहरु
ए ! ताता मानिसहरु
तिम्रा ती रक्तिम रङ्गहरु
झमझमाउने अङ्गप्रत्यङ्गहरु
हिमाल उचाल्दै हिड्थे
पहाड बोकेर दौड्थे
तराईका गह्रागह्राहरुमा परेड खेल्थे
राता पट्टिहरुले बाँधिन्थे निधारहरु
काला पट्टिहरुले बिमत्ति गर्थे विचारहरु
सेतै फूलेकी आमाको मुटुमा
कोमल आश्वासन रोपेर जान्थे
सिउँदो उजाडिएकी युवतीको घाउमा
मलम पट्टिको सपना देखाएर जान्थे
बेसहारा बाबुको छाती चौडा हुन्थे
टुहुरा नाबालकहरु थम्थमाइन्थे
वीर वीरङ्गनाका जोशिला गीतहरु
गाँउ शहर ब्यूँझाउने प्रितहरु
दुःखीको मर्ममा हुन्थे
मुक्तीकामी कर्ममा रम्थे
खै ती राता मानिसहरु आज ?
खै ती ताता मानिसहरु आज ?
कुनै बेलाका अघोरी तिमीहरु
जोशिला होशिला परिवर्तनकारीहरु
अग्रगमन हान्ने तिम्रा छलाङ्गहरु
बागडोर चाल्ने तिम्रा कदमहरु
क¥यामकुरुम चपाइएकी ?
गल्र्यामगुर्लुम ढलाइएकी ?
कछुवा गतिमा विकासयात्रा
विलखबन्द छ
भ्रष्टाचारमा शून्य सहनशिलता
शून्य प्राय छ
जुरुक्कै बस्ति उचाल्ने आश्वासनका पत्रहरु
रगत उमाल्ने प्रशिक्षणका सत्रहरु
कुन हिऊँले चिसिए ?
कुन बिउमा मिसिए ?
बेरोजगारी झनझन बढेर गयो
युवाहरु खाडीतिर उडेर गए
आमूल कृषि क्रान्ती गर्छौँ भन्यौ
कृषक काल्नामूनि मत्थर भए
जे जे भन्यौ त्यो त्यो गरेनौ
जे जे भनेनौ त्यो त्यो गर्यौ
पल्टायौ सकुनीका पासाहरु
ओइलाए पलाएका आशाहरु
त्यसैले त
तिम्रा धुमिल लुगा सुकिलामुकिला भए
तिम्रा थोत्रा साइकल चिल्ला कार भए
खपेटाको घरबाट गगनचुम्बी महल बन्यो
गाउँको धुलाम्य बाटो तिम्रो प्रतिक्षा गरिरह्यो
अपनायौ ऐयासी जीवन शैली र त
बिर्सियौ गाउँलेका निन्याउरा अनुहारहरु
स्खलित भए महान् आदर्शहरु
फ्यूजन हुन आँट्यौ लेण्डुपे शैलीहरुमा र त
सेलाइदियौ वर्गीय नारा कुन घाटहरुमा
पटकपटक चिच्याउँछन् आमाका कोखीका घाउ
पटकपटक चिच्याउँछन् भत्काइएका सिउँदोको घाउ
किन उहिले मुक्तिका लागि उफ्रियौ
किन अहिले आफै मात्र सप्रियौ
भिन्न भिन्न विभाजित भयौ
स्वार्थहरुमा आँखा डुलायौ
यहाँ समृद्धिको ढ्वाङ्ग त सबैले फुके,
सामन्तवाद विरुद्ध प्राय सबैले भुके
त्यसैले त आज
तिमी र ऊ बिच खासै फरक रहेन
जुनै व्यवस्थामा पनि तात्विक भिन्नता रहेन
मुक्ति कर्ल्याप्पै पार्यौ कि आफैँले ?
समृद्धि सर्ल्याप्पै पार्यौ कि आफैँले ?
शंका छ कतै
तिमीहरु राता मानिस रहेनौ कि अब ?
तिमीहरु ताता मानिस रहेनौ कि अब ?
अवसान नहोऊन् तिम्रा ती आर्दश नारा
जय ! होऊन् तिम्रा ती मुक्तिका नारा ।।

  • बाँसगढी, बर्दिया

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी