भारतीय लुटेरा समुहले चरणक्षेत्रबाटै नेपालीको भैंसी लुटेर लगे !

भारतीय लुटेरा समुहले चरणक्षेत्रबाटै नेपालीको भैंसी लुटेर लगे !

  • मङ्लबार, असार २, २०७७
  • -डम्मर राज भट्ट्

  • 16.3K
    SHARES

कञ्चनपुर, २ असार  ।  भारतीय शासकले नेपाल र नेपालीभूमि माथि जहिले पनि हस्तक्षेप गर्दै आएको छ । भारतले कालापानीदेखि, कञ्चनपुर, कैलाली हुँदै चुस्ता लगायत भारतले नेपालका विभिन्न स्थानमा भूमि अतिक्रमण गर्ने जस्ता नेपाली राष्ट्रियतामाथि धावा बोल्दै आएको छ । यस्तै भारतीय शासकबाट प्रतारित नेपाली अहिले भारतीय नागरिक गुण्डाहरुबाट समेत प्रतारित भएका छन् ।
गयसाँझ भारतीय नागरिकले कञ्चनपुरका नेपालीमाथि ज्यादती गरेका छन् । भारतीय नागरिक गुण्डागर्दीको समुहले बेलडाँडी गाउँपालिका ५ कञ्चनपुरका नाागरिक देविलाल उपाध्यायमाथि क्र्रुर व्यवहार गर्दै उनका भौसी खोसेर लगेका हुन् ।
सोमबार साँझतिर नेपाल भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका –५ झिलमिलाफाँटामा भैसी चराईरहेका उपाध्याय र अर्का स्थानीय तेज बहादुर रोकायामा भौसी खोसेर लगेका छन् । नेपालीका भौसी मात्र खोसेनन् बृद्ध नागरिक उपाध्यायमाथि अमानविय क्रुरुताको व्यवहार गर्दै भारतीयले उनका हातखुट्टा बाँधिदिए ।
भारतीय नागरिक सरदार समुदायका हुन् । टाउकोमा पगडी बाँध्ने चलन हुन्छ, उनीहरुले भौसी बाँध्ने डोरी र आफ्नो पघडी खोलेर बृद्धको हातखुट्टा बाँधेर भौसी लगेर भारततिर गए । उनीमाथि कुटपिट गरेर भारतमा भौसी चलाउन ल्याउने भन्दै गालीगलैज गरेर गएका थिए । जबकी ति बृद्धले आफ्नै नेपाली भूमिका भौसी चराएका थिए ।
उपाध्याय आफ्ना ३ र छिमेकी रोकायाका २ भौसी चराएर घर फर्किने तयारीमा थिए । ‘म बिहान ११ बजे खाना खाएर भौसी चराउन झिलमिलाफाँटा गएको हुँ, ‘उनले भने, ‘घर फर्किने क्रममा तीनचार जनाको समुहमा आएका भारतीय गुण्डाले आफुबाट भौसी खोसेर लगिदिए ।’
आफ्नो हातमा भौसीको डोरी थियो, त्यही डोरी खोसेर हातखुट्टा बाँधेर खोलाम फालिदिउ भन्दा एक जना भारतीयले बुढो मान्छे, हो, हातखुट्टा बाँधेर राती मरिहाल्छ भन्दै भौसी खोसेर लगेको उनले बताए । ‘बाँधिएको हातखुट्टा मैले सीप लगाएर खोलेर घर आए, ‘उनले भने, ‘स्थानीय अस्पतालमा उपचार पछि घरमै छु ।’ भौसीको डोरी खोस्दा आफुमाथि कुटपिट समेत गरेको उनले बताए । ‘हामी दुई जनाका दुई भौसी ब्याउने थिए, ‘ति बृद्धले भने, ‘लाखौँका भौसी लगे, ज्यानै खाने थिए, भाग्यले बाँचे ।’ रोकायाको साउन र आफ्नो भदौँ महिनामा बेहुने भौसी सहित तीन पाडा लगेर गएको उनले बताए । साँझ घाईते भएर घर पुगेका बृद्ध उपाध्यायका घर परिवार भौसीबिनै घाईते भएर घरपुगेपछि स्थानीय चिन्तित भएका थिए ।
दुई बेहुने सहित पाँचै भौसीको मुल्य ४ देखि ५ लाख मुल्यपर्ने भौसी भारतीय डाँकाले लगेपछि दुई परिवार चिन्तित भएका छन् । दुई परिवारका लागि चिन्ता भन्दा सो क्षेत्र गाउँ नेपालीकै लागि दुखत भएको विषय छ । घटनाको चौतर्फि रुपमा भत्र्सना गरिएको छ । स्थानीयले दोषिको पहिचान गरेर कार्बाहीको माग अघि सारेका छन् ।
बेलडाँडी गाउँपालिका ४ र ५ झिलमिला, वैवाह क्षेत्रका स्थानीय नेपाली किसान नेपालकै सार्वजनिक जमिन झिलमिलाफाँटामा बस्तु भाउ चराउन जान्छन् । पहिल्यैदेखि नेपाली किसानले त्यहाँ बस्तुभाउ चराउने, घाँस काट्ने गरेका छन् । बेलडाँडी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले घटनाबारे भारतीय सीमा सुरक्षा बल एसएसबीलाई अवगत गराएको छ ।
सशस्त्र प्रहरी बल बेलडाँडी बिओपीका इन्चार्ज योगेन्द्र भण्डारीले एसएसबीसंग घटनाबारे छलफल गरेर घटनामा संलग्नहरुको खोजिकार्य भईरहेको बताए । ‘घटनाबारे भारतीय सुरक्षाकर्मी समेत चिन्तित छन, ‘उनले भने, ‘हामीले उहाँहरुलाई घटनाका दोषि खोज्न र नेपाली किसानका भौसी फिर्ताका लागि दवाव दिएका छौँ ।’ घटनाको बेलडाँडी गाउँपालिकाले समेत घोर आपत्ति प्रकट गरेको छ । भाारतीयले छिमेकी जस्तो नभई दुस्मनको जस्तो व्यवहार गरेर नेपाली किसानमाथि गरेको अमानविय क्रुरुता र गुण्डाशैलीमा चरिरहेका भौसी खोसेर लगेको घटना निन्दनिय भएको ठहर गरेको छ । बेलडाँडी गाउँपालिका प्रवक्ता अमर खत्रीले घटना निन्दनिय भएकाले घटनामा संलग्नको पहिचान गरेर दोषि उपर कार्बाही गर्न भारत सरकारले पहल अघि चाल्नुपर्ने बताए । ‘किसानलाई क्षतिपूर्ति र उनीहरुमाथि कानुनी कार्बाही गर्नुपर्छ, ‘उनले भने, ‘यथाघिश्र भौसी फिर्ता दिलाउनुपर्छ ।’ भारतीय गुण्डाहरुले यस्तो कार्यबाट भारतीयले नाङगो नाच प्रस्तुत गरेको यो जोलन्त उदाहरण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी