कञ्चनपुर, २ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षण गर्नका लागि पिसिआर मेसिन खरिद गर्ने भएपछि निजी क्षेत्रबाट समेत सहयोग आईरहेको छ । मंगलबार महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक कलेज९केभिएम०ले नगद सहयोग गरेको छ ।
कञ्चन विद्यामन्दिर सामुदायिक कलेजका विद्यार्थी अगुवा भुवनसिह विष्टले कञ्चनले भीमदत्त नगरपालिकालाई एक लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको बताए । उनका अनुसार कञ्चन विद्या मन्दिर एव कलेजका अध्यक्ष दुर्गा प्रशाद जोशी, सदस्य उत्तम विष्ट, कलेज प्रमुख डा। राज कुमार साउद लगायतले भीमदत्त नगरका प्रमुख सुुरेन्द्र विष्टलाई कोरोना परीक्षण मेसिन खरिद गर्ने भएपछि उक्त रकम बराबरको चेक हस्तन्तरण गरेका छन् ।
कञ्चन बिद्या मन्दिरका प्रमुख डा राज कुमार साउदले महामारीका बेला जिल्लाकै एकमात्र भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने प्रण गरेपछि भीमदत्त नगरको पहलमा साथ सर्मथन जनाएको बताए ।

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले निजी, संस्थागत क्षेत्रबाट सहयोग आएसंगै नगरपालिकालाई कोरोना महामारीसंग लड्न सहज हुने बताए । सहयोगी हातहरुप्रति नगर प्रमुख विष्टले आधभार प्रकट गरे । नगर प्रमुख विष्टले पिसिआर मेसिन खरिदका लागि आवश्यढक प्रकृया अघि बढिसकेको समेत जनाए ।
स्ववाब नमुना संकलन गरेर कोरोना परीक्षणका लागि पिसिआर विधीबाट पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी केन्द्र ९वायो सेल्युरेटरी लेबल २०मा परीक्षण गर्दा ढिलाई भएकाले भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गरेर महाकाली अस्पताललाई संचालन गर्न दिने निर्णय गरेको थियो । भीमदत्त नगरपालिकाको कोरोना रोकथाम अभियानमा स्थानीयले प्रसंसा गरिरहेका छन् ।