२४ घण्टामा एक सय १७ जनाले जीते कोरोना

२४ घण्टामा एक सय १७ जनाले जीते कोरोना

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ असार २ । नेपालमा कोरोना संक्रमित बढीरहेका बेला निको हुनेको प्रतिशत अपेक्षाकृत कम नै रहेको छ । यसै सन्दर्भमा पछिल्लो २४ घण्टामा ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।

डिस्चार्ज हुनेमा ८ महिला र १०९ पुरुष छन् । यो सँगै निको हुनेको संख्या १ हजार १५८ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले १९ जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ