फेरि ‘आँधी तुफान–२’ ल्याउदै मौनता

फेरि ‘आँधी तुफान–२’ ल्याउदै मौनता

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

असार २, काठमाडौं । स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका छन् । मौनताले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा ‘आँधी तुफान’ निर्माण गरेका थिए । सो फिल्मले ब्याबसायिक सफलता हासिल गरेको थियो ।
लकडाउन अबधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने जानकारी निर्माता मौनताले दिएका छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइन्छ । लेडि एक्शन फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमीरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने बताइएको छ ।
‘नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको बिषयलाई प्रमुखताका साथ उठान गर्दैछु,’ लेखक समेत रहेका निर्माता मौनता भन्छन,‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्ने छौ ।’ कार्यकारी निर्माता रत्नले फिल्मको कथाबस्तु मन परेकाले उत्साहीत रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी