काँकडभिट्टा असार २ । भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि फेरी आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले आक्रमण झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ । लसुने नाकाबाट सामान तस्करी गरेर नेपाल छिराउदै गर्दा रोक्न खोज्दा उनीहरुले ड्युटीमा बसेका प्रहरमिाथि लछार पछार पारेका थिए । त्यस पछि शसस्त्रले चेतावनी दिए पछि थप घटना हुन पाएन ।
लसुने नाकाबाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु शसस्त्रले नियन्त्रणमा लिएको छ ।
सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ ।
झापामै पटक पटक तस्कर तथा भारतीय समुहले आक्रमण गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline