काठमाडौं असार २ । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को एकै पटक सरुवा गरेको छ ।
सरुवा सूची अनुसार १६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। जस अनुसार तनहुँमा एसपी अरुण पौडेल, सिरहामा उमाशंकर पञ्जियार, बाँकेमा ओमबहादुर राना, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कपिल्वस्तुमा नवराज अधिकारी, उदयपुरमा भीमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङको सरुवा भएको छ। सरुवा भएका जिल्ला प्रमुख सबैको एक वर्ष अवधि पुगिसकेको छ।
मुख्यालयका अनुसार सिरहाका उमाप्रसाद चतुर्वेदी अपराध अनुसन्धान ब्यूरो, गोरखाका ओम अधिकारी भरतपुर जुनियर तालिम केन्द्र, डम्बरबहादुर विकलाई रुपन्देही ट्राफिक, कास्कीका दानबहादुर कार्कीलाई विशेष ब्यूरो नक्साल, कपिलवस्तुका दिपशम्शेर जबरालाई अपराध अनुसन्धान विभाग, पाल्पाका दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, डोटीका दिपिल सिंह देउवालाई सुदुरपश्चिम प्रदेश दंगा गण, सुर्खेतका दिल्लीराज पन्तलाई सुदुरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा पठाइएको छ।
तनहुँका विनोद सिलवाललाई गण्डकी प्रदेश कार्यालय, मोरङका विश्व अधिकारीलाई सुरक्षा सेवा निर्देशनालय, पाँच नम्बर प्रदेश ट्राफिकका मधुसुदन लुइटेललाई प्रहरी जनसम्पर्क, पूर्वी नवलपरारीका मोहनप्रसाद पोख्रेललाई प्रहरी शिक्षालय रानीपोखरी, सशस्त्र प्रहरी गण कास्कीका राजेन्द्र विष्टलाई सशस्त्र प्रहरी १ नम्बर गण नक्साल, महोत्तरीका श्याम कृष्ण अधिकारीलाई प्रदेश पाँच दाङ, कर्णाली प्रदेश सशस्त्र प्रहरी गणका एसपी संजीव शर्मा दासलाई १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी, भक्तपुरका सविन प्रधानलाई प्रहरी प्रतिष्ठान महाराजगंज, धनकुटाका सुदर्शन कोइरालालाई बाग्मती प्रदेश हेटौंडा र इलामका हिराबहादुर पाण्डेलाई बजेट शाखा नक्साल सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ।