बेलौरीमा बालकदेखि युवामा कोरोना

बेलौरीमा बालकदेखि युवामा कोरोना

आमाको काखमा बसेर दिल्लीबाट नेपालसम्म दुध खाँदै आएका बच्चालाई कोरोना, आमालाई छोएन

  • मङ्लबार, असार २, २०७७
  • डम्मर राज भट्ट

  • 8.5K
    SHARES

कञ्चनपुर, २ असार । कञ्चनपुरको बेलौरी नगरपालिकामा बालकदेखि युवकमा कोरोना देखिएको छ । चार बर्षिया बालकदेखि अधिकाँस युवकमा कोरोना पृष्टी भएको हो ।
आरडिटी पोजेटिभ देखिएका उनीहरुको स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी केन्द्र९वायो सेक्यूरेटरी लेबल २०मा पिसिआर विधिबाट कोरोना परीक्षणका लागि पठाईएको थियो ।
सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको विवरण अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका ४ बर्षिया बालकदेखि अधिकाँस युवामा कोरोना पोजेटिभ देखिएको छ । १५, १८ देखि ३२ बर्षिया युवकमा कोरोना देखिएको हो । यस अघि बेलौरीमा एक जना युवकमा कोरोना देखिएको थियो । पहिलो पटक ११ एकै दिन बेलौरीका कोरोना देखिएपछि स्थानीय त्रसित भएका छन् । अहिलेसम्म बेलौरीमा बालक सहित १२ युवकमा कोरोना देखिएको छ ।
तीन साता अघि भारतको दिल्लीबाट घर फर्किएका बालक र उनका बाबुलाई कोरोना देखिएको हो । बेलौरी नगरपालिका कोभिट १९ संयोजक मान बहादुर चन्दले संक्रमित बालक आमाबाबुसंगै दिल्लीबाट आएका थिए ।
‘बालक सहित उनका आमाबाबुमा आरडिटी पोजेटिभ देखिएको थियो, ‘उनले भने, ‘संगै तीनै जनाको पिसिआर परीक्षणका लागि नमुन संकलन ग¥यौँ, बालक र उनका बाबुमा देखियो, आमामा देखिएन् ।’ दिल्लीबाट नेपाल कञ्चनपुर बेलौरी क्वारेन्टाईन पुग्दाससम्म संक्रमित दुदे बालकले आमाको कोदीमा बस्दै दुध खाँदै आए, कोरोनाले आमालाई छोएन, बालक र बाबुलाई छोएको छ । संक्रमित सबै जना बेलौरीको आईसोलेकन कक्षमा राखेर उपचार भईरहेको बेलौरी नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले संक्रमित सबैको अवस्था समान्य भएकाले उनीहरुको अहिले बेलौरी नगरपालिकाले आफ्नै आईसोलेशनमा राखेर उपचार शुरु गरिएको बताए । ‘अहिले सबैको अवस्था समान्य छ, ‘उनले भने, ‘कुनै समस्या देखिए तुरुन्तै हायर सेन्टरमा लग्छौँ, त्यतिन्जेलसम्म अहि उपचार गछौँ ।’ सेती र महकाली अस्पतालका आईसोलेशन भरिभराउ भएपछि बेलौरी स्थानीय सरकारले आफैले उपचार गर्ने सकल्प लिएको छ । यस अघि पनि कञ्चनपुरका अभिभावकसंगै आएका अर्का शिशुमा कोरोना देखिएको थियो ।
अभिभावक संगै दिल्लीबाट आएका शुक्लााफाँटा नगरपालिका ११ कञ्चनपुरका ११ महिने दुदे शिशुमा पनि कोरोना देखिएको थियो । आमालाई थिएन् । जहाँ त्यो शिशु पनि आमाको दुध खाँदै गोदीमा बसेर नेपाल घर पुगेका थिए । कञ्चनपुरमा जेठ दोस्रोतासाता देखि कोरोनाका संक्रमण बढिरहेका छन् । हालसम्म ८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने बाँकी अस्पतालमा उपचारार्थ छन् । कोरोना रोकथामका लागि सरकारी पहल जस्तो सुकैभएपनि सावधानी नहुँदा झन जोखिम बढ्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ