आमा क्वारेन्टिन जान्न म  

आमा क्वारेन्टिन जान्न म  

  • मङ्लबार, असार २, २०७७
  • देवेन्द्र पौडेल

  • 31.2K
    SHARES

आमा, माली गाई बाँध्ने छेउमा
एउटा गुन्द्री राखिदेऊ
गोठमा ओछ्याएको सोत्तर बटुलेर
बार लगाई ढाकिदेऊ
महिनौँ लगाएर इज्जत जोगाउँदै
सीमानामा आइपुगेकी छु
न सुतेकी छु
न खाएकी छु
आप्mनै कलको पानी खाएर
जन्मथलोमै मर्न चाहेकी छु।
आमा क्वारेन्टिन जान्न म
कुकुरसरि मर्न चाहन्न म
चुकुलबिनाका क्वारेन्टिन
झुलबिनाका खाट
ती सामुहिक इज्जत लुटिने रात
छेउमा अलपत्र लडिरहेका लास
भन त आमा, कसरी सहन सकिएला
निर्मलाका अपराधी जोगाउने ठाउँमा
विश्वास हराउँदै गएका यी निर्मम गाउँमा
आमा क्वारेन्टिन जान्न म
पानी नपाई नरैनापुरमा
छटपटिएर भाइ मरे
बिना चेकजाँच घर पठाउँदा
दैलेखमा दाइ मरे
रोग जान्न पनि मर्नै पर्ने
अभावको नदी तर्नै पर्ने
आमा क्वारेन्टिन जान्न म

सरकारी ढुकुटी रित्तियो रे
औषधीका नाममा लुटियो रे
पिसिआर खोज्ने कुटियो रे
जेलजस्तै छ भन्छन्
प्रत्येक दिन लास गन्छन्।
आमा क्वारेन्टिन जान्न म
पहिलो पटक मासिक श्राव हुँदा
तिमीले जसरी लुकाएकी थियौ
बरु म त्यसरी लुक्न तयार छु
इज्जत धानेर बस्न
जसरी तिमीले सिकाएकी थियौ
इज्जतको सवालमा मबाट
केही गल्ती भए भन्छ्यौ भने
बरु म झुक्न तयार छु
आज फेरि जिउ भत्केर
रगतपिच्छे भएको छ
जतन गरी जोगाएको इज्जत
जताततै छरिएको छ ।
आमा क्वारेन्टिन जान्न म ।
पहिले नै खाडल खनुँला
कसैले नछोऊ भनुँला
इज्जत लुटिएर मर्न मन छैन
दुखको रमिता हेर्न मन छैन
पीडाकोदुरीभन्दा
राज्यको दुरी टाढा रहने
आमा क्वारेन्टिन जान्न म
कुकुरसरि मर्न चाहन्न म

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी