कञ्चनपुर, १असार कोरोना कहर चलिरहेका बेला कञ्चनपुरको सीमा क्षेत्र पूर्णशिलबन्दी गरिएको छ । भारतसंग सीमा क्षेत्रको एक सय २९।५ किलोमिटर दुरी पूर्ण शिलबन्दी गरिएको हो । कोरेना रोकथामका लागि नेपाल भारत दुवै देशमा लकडाउन गरिएको छ । लकडाउनकै विचमा दुवै देशमा अलपत्र परेका नागरिक आउजाउका लागि मात्रै गत जेठ दोसो सातादेखि बनबासा गड्डाचौकी नाका संचालनमा आएको छ । बस्तु तथा सेवा आयात निर्यात गर्न दिएको छैन् ।
तर, पनि चोरीछिनी नेपाल–भारत दुवै देशमा धुम्रपान तथा हार्डवेयर एव दैनिक उपभोग्य समान तस्करी भईरहेको छ । कञ्चनपुरमा भारतबाट बिडी लगायतका हार्डवेयर दैनिक उपभोग्य समान र नेपालबाट चुरोट लगायतक समान तस्करी भईरहदा भारतबाट औषधी समेत तस्करी भईरहेको पाईएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्बहेद क्षेत्रबाट औषधी तथा स्वास्थ्य समाग्री तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरीले औषधी बरामद गरेकोछ ।
बोडर आवट पोष्ट ब्रम्हदेबका इन्चार्ज राम बहादुर खनाल नेतृत्वमा अवैध औषधी बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । ३५ नम्बर गणका गणपति वीरसिह शाहुले भारतबाट नेपालतर्फ ल्याईरहेको औषधीजन्य पदार्थ तथा सुरक्षा समाग्री गैर कानुनी रुपमा ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले उक्त औषधी एव समाग्री बरामद गरेको छ । उनका अनुसार २ लाख, ५८ हजार ७ सय ९६ रुपैया बराबरको औषधी रहेको छ । औषधी समेत तस्करी हुन थालेपछि कुन मेडिकल संचालकको हो, भनेर खोजिकार्य भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा आधिकारिक औषधीका सप्लायर्स हुँदाहुँदै पनि भारतबाट तस्कर गर्ने गराउने कार्य निन्दनिय भएको नागरिक समाजले दुख व्यक्त गरेको छ । नागरिकको स्वास्थ्य षड्यन्त्र भएको भन्दै नागरिक अगुवा किशोर भट्टले यस्ता तस्कर समुहमाथि कार्बाहीको माग अघि सारे । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढाले भारतबाट जनताको स्वास्थ्यम खेलवाड गर्ने हिसाबले औषधी ल्याउने कार्य निन्दनिय भएको बताए । गैर कानुनी रुपमा भारतबाट महामारीका मौकाछोपी औषधी ल्याउने समुहको पहिचान गरेर कार्बाही गर्न उनले माग अघि सारे ।
अध्यक्ष बुढाले कसैसंग ईम्पोट लाईन्सेस भएपनि चोरी डकैती तस्करी गरेर ल्याउन नपाउने बताए । यस्तो कार्य समेत पूर्ण गैर कानुनी भएको अध्यक्ष बुढाले बताए ।
सशस्त्र प्रहरीले महामारीका बेला सीमा क्षेत्रमा हुने अवैध कृयाकलाप एव चोरी तस्करी नियन्त्रणका लागि सकृयता देखाएपछि तस्कर समान छाडी भाग्ने गरेको पाईन्छ । यस अघि दोधारा, बेलौरी, पुर्नवास र ब्रम्हदेबबाट बरामद गरिएका लाखौँमा समानम समेत तस्कर सशस्त्र प्रहरीको टोली देख्नासाथ फरार हुँदा तस्करको पहिचान खुल्न नसकेको सशस्त्र प्रंहरीले जनाएको छ । कञ्चनपुरमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध तस्करदेखि हतियार बोक्ने जनप्रतिनिधी समेत फन्दामा लिएको छ ।