सोती हत्याकाण्डः नबराजकी प्रेमीकालाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश

सोती हत्याकाण्डः नबराजकी प्रेमीकालाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असार १ काठमाण्डौं । पश्चिम रूकुमको चौरजहारीमा जेष्ठ १० गते ६ जनाको ज्यान सामुहिक हत्यामा मुछिएकी नवराज बि.क.की प्रेमिका भनिएकी सुष्मा मल्ललाई पुर्पक्षका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको छ ।  उनीसगँै अर्का उक नाबालकलाई पनि सुधार गृहमै पठाईएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो ।

अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको हो ।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुनेछ ।  क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ