ढोकामा चुकुल नभएका कारण बेन्च राखेर सुत्दै आएकी महिला माथी सामुहिक बलात्कार भएछ । ए सरकार यति अव्यवस्थित किन ? कोरोना नियन्त्रणमा ९ अर्व छुट्याउदा समेत ढोकामा चुकुल भएको क्वारेन्टिन बनाउन पैसा पुगेन ?
अव्यवस्थित क्वारेन्टिनका कारण ज्यान गुमाएका, आत्महत्या गर्न बाध्य भएका, बलात्कृत भएका , विभिन्न बिभेद र हिंसामा परेका सम्पुर्णको जिम्मा सरकारले लिनु पर्दछ । दोषीलाई अविलम्ब हदै सम्मको कारवाही गरियोस। यो समाजबाट पितृसत्ताको जरा उखालेर नफाले सम्म यस्ता घटना कायमै रहेनछन ।
एस्ता विभिन्न घटनाहरु क्वारेन्टाइन मा भै रहेका छ कहिले जातीय छुवाछूत त कहिले सामुहिक बलात्कार आखिर के हेरेर बसेकोछ यो निर्दयी राज्य भनौ या समन्धित प्रदेश सरकार अनि गृह प्रशासन।
अव्यवस्थित क्वारेन्टाइन र अव्यवस्थित स्वस्थपरिक्षण ले तेसै पनि कोरोना लाग्ने देखिन्छ अहिले सम्म हेर्दा विभिन्न जिल्ला हरुको यो लाहाचारी पन ले गर्दा अकालमै ज्यान गुमानुको अर्को कुनै बिकल्प देखिन्न।
कतै आन्दोलित कोरोना पोजेटिभ लाई लाट्टी चार्ज त कतै बलात्कार अनि कहाँ गएर ज्यान जोगाउने सरकार मान्छे लाई मानव सरहकै व्यबहार गरियोस् ।
हिजो मात्रै कर्णाली प्रदेश को दैलेख जिल्लामा नारायण नगरपालिका मा कोरोना पोजेटिभ भनिएका नागरिक लाई महिना दिन सम्म पनि हस्पिटल नलगी क्वारेन्टाईनमै राखिएको भनी उत्क्त ब्याक्ती आन्दोलन गर्दा प्रहरीले आफ्नो बल प्रयोग गर्दै ४ जना लाई घाइते गराएको छ एहि होत कोरोना पोजेटिभ लाई दिने औषधी ।
उता धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।
तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरीइ छैन, तर हामी अनुसन्धान गर्दैछौं ।
पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।
तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् ।
महिला भएकै कारण कहिले सम्म सुरक्षित महसुस गर्न पाउछिन नेपालि दिदिबहिनी हरुले सरकार ।उता गफाडी प्रधानमन्त्रीले कम्युनिस्ट सरकार भएको बेला कोहि पनि असुरक्षित महसुस गर्नु हुन्न्न भन्दै गफ दिदै ठीक्क छ काम गर्नु पर्छ ।
अब क्वारेन्टाइन होइन सरकार बलात्कार घर भनी घोषणा गर होईन भने सम्पूर्ण सुरक्षाको ग्यारेन्टी गर बारम्बार एस्ता घटनाले तिब्ररुप लिदै छ् कोरोनाको छुट्टै डर अनि स्वयंसेवक र स्वास्थकर्मी को छुट्टै कसरी आफुलाई सुरक्षित भएको अनुभुती गर्ने क्वारेन्टाइन भित्र नेपाली दिदीबहिनि हरुले ?
सरकार यी संकेतहरुले के भनिरहेको छ ? कोठामा चुक्कुल नभएर महिला बलात्कृत हुनु पर्ने ? क्वारेन्टाईनमा बस्नेले उल्टै पैसा तिर्नु पर्ने ? क्वारेन्टाईनमा बसेको महिना दिन सम्म पनि रिपोर्ट नआउने ? अनि सांसद मन्त्रीको तलव भत्ता बृद्धि गर्न पैसा हुने, राष्ट्रपतिको कार्यलयमा कार्पेट फेर्न पैसा हुने, गाडी किन्न पैसा हुने , तर गरीबको उपचार र बसोबासका लागि पनि पैसा नहुने ? यस्तो व्यवस्थापन र राज्यप्रति जनताले कहिले सम्म सहानुभुति राख्छन् ? त्यसैले त आज सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सचेत युवाहरुले खबरदारी गरीरहेका छन् । यसलाई बेलैमा ध्यान दिईयोस् अन्यथा राज्य सत्ता हाँक्नेहरु बादशाह बने पनि जनताले उनीहरुलाई घोडाबाट खसाल्ने हिम्मत गर्नेछन् । ईतिहासले त्यही शिक्षा दिएको छ ।