ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनमा ल्याउन तरुण दल पर्साको माग

ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनमा ल्याउन तरुण दल पर्साको माग

  • आइतवार, जेष्ठ ३२, २०७७
  • दिपक चौरसिया 

  • 9.5K
    SHARES

पर्सा ३२ जेठ । पर्साको ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनको माग गर्दै नेपाल तरुण दल पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाको नेतृत्वमा रहेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन ।

सचिव चौरसियाद्वारा हस्ताक्षरित बुझाईएको ज्ञापन पत्रमा पर्साको सदरमुकाम वीरगंज संग जोड्ने हुलकी राजमार्ग अतिनै सम्बेदनशिल तिलावे नदी पुल बिगत ६ बर्ष देखि पप्पु कन्स्ट्रक्सनले ठेक्का पारी पुल निर्माणमा चरम लापरबाही गरि पुल अलपत्र बनाएको तथा बैकल्पिक बाटो प्रयोग गरि आवतजावत तथा समानहरुको दुवानी गर्न निकै समस्या भईरहेको जनाईएको छ । पुल पारी पश्चिम तर्फ रहेको सम्पुर्ण उधोगधन्दा तथा जनजीवन नराम्रो संग प्रभावित भएको प्रति नेपाल तरुण दल पर्साको गम्भिर ध्यानाकर्षण भएको भन्दै आज ज्ञापनपत्र बुझाएका छन् ।

पानी पर्दा बैकल्पिक बाटो समेत ठप्प हुने गरेकोले त्यहाँको चालू अवस्थामा पुरानो पुललाई ठेकेदारले ६÷७ महिना देखि तिलावे पुलबाट आवतजावत बन्द गरेकोले त्यस ठाउँका स्थानियको जीवन कष्टकर बन्दै गएको छ । केही दिन भित्र बर्षाऋतु सुरु हुने भएकोले पुलको बैकल्पिक बाटो अचानक गत बर्ष झै खोलाले बगाइ यातायात बन्द हुने अवस्था सृजना भएकोले समय मै पुरानो पुल चाडै सञ्चालन गर्न गराउन भनि स्थानीय प्रशासनलाई नेपाल तरुणदल पर्साले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ ।

निर्माणधिन पुललाई समय सिमा भित्र निर्माण पूरा गर्न गराउन एक साता भित्र पुरानो पुललाई ब्यवस्थित गरि सन्चालनमा ल्याउन र सन्चालनमा नल्याए सास्ती खेपेका त्यस ठाउँका बासिन्दा, ब्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नु पर्ने स्थिति सृजना हुने भएकोले जनताको अधिकार तथा आवतजावतको सुबिधालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्साले कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा तरुण दलका अनिल यादव, फर्णिन्द्र पटेल, मिक सिंह, उपनेश चौरसिया, जङ्ग बहादुर पटेल, बिकाश तिवारी, केसव मिश्रा, साबिर हुसेन लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ