जेष्ठ ३२ कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार भएको उनले जाहेरी दिए पछि तीन जना पक्राउ परेका छन् ।
जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी ती महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफूलाई बलात्कार गरेको जाहेरी दिए पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पीडित महिला लम्कीचुहा नगरपालिकाकि हुन् । महिला बलात्कृत भएको खबर बाहिरीए पछि स्थानीयले वडा कार्यलय तोडफोड गनुृका सथै प्रदर्शन समेत गरेका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै उता सल्यानमा १० वर्षीया बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका ५ अँधेरी खोलाका १९ वर्षका एक युवकलाई जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। अँधेरी खोलाको जंगलमा गोठालो गएको मौका छोपी ती युवकले बालिकालाई बलात्कार गरेको अभियोग उनीमाथि लागेकोे प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। खतिवडाका अनुसार घटना जेठ २२ गतेको भए पनि प्रहरीलाई ढिलो गरेर जानकारी आएपछि घटनामा संलग्न युवकलाई शनिबार मात्र पक्राउ गरिएको हो।