जनता माननीय हुन सत्ता आज्ञापालक बन्नुपर्यो

जनता माननीय हुन सत्ता आज्ञापालक बन्नुपर्यो

  • आइतवार, जेष्ठ ३२, २०७७
  • - लक्ष्मण चौलागाईं विद्रोही

  • 36.9K
    SHARES

धेरै लामो डिलिङ र कन्भिन्स गर्न नपाउदै कन्भिन्स हुने जनताले आफुलाई मतदान गर्दा होनोरेबल बन्ने लालसाले स्वस्तिक छाप लगाएर आफ्नो जनप्रतिनिधि चयन गर्दछन। निर्वाचनमा आज्ञा पालक बन्दै मत माग्न आएको बिर्खे माननीय निर्वाचन जितेर सत्तामा पुगेपछी हामी होनोरेबल लेख्छौं र बन्छौं नभनी निर्वाचन जित्छन र सत्तामा गएपछि कार्ड छाप्छनर होनोरेबल लेख्छन । त्यतिबेला जनता दासको पर्याय जस्तो बन्न पुग्दोरहेछ ।
जिवनावधिका दुई वर्ष कम चार दशकको छत्रछायाको जीवनले नेपाली राज्यव्यवस्था नै परिवर्तन भएको ऐतिहासिक युग पनि देख्यो ,पन्चेहरुको पन्च्यायत र राजाहरुको राजतन्त्र अनि अलिअली गणतन्त्रको आभास शासन पनि देख्यो।
प्रजातन्त्रमा जनताले बोल्न,लेख्न पाउने हकको व्यवस्था अत्यन्तै स्वतन्त्र तर त्यहा मुख्य शासक जनताको एक मात्र राजा भएको झण्डै २३७ वर्षका कालखण्डहरु पार गरेका इतिहास माध्यामिक लेभलको पढाईले पुरै पढाइसकेपछी निरंकुश राणा शासन पनि सम्झन पुग्छ।
जंगबहादुरको बोली नै तत्कालीन समय १९१० को कानुन थियो मुलुकमा। अनि उसले पनि एक सय चार वर्ष सम्म आफ्नो सत्ता टिकायो।
त्यतिबेला राणा र राजाहरुले मुलुकको लागि सम्पदा दियो। शासन कडा थियो ,राजधानी काठमाडौं आजको युरोपेली मुलुक बिर्साउने विशाल दरवार र मन्दिरहरुको देशको नामले विश्व प्रसिद्ध छ। निरंकुश व्यवस्था जतिबेला जातीय शोषण जहाँनियाँ शासनको अत्यन्तै नकरात्मक थियो जंगेहरुको शासनकालमा । भलै जंगेकै भाईभारदारहरुको आफ्नै परिवारको आपसी कलहले पतन भएको इतिहासमा पढे पनि खासमा जंगेको शासनको अन्तिम रात प्रजातन्त्रको करौतीले रेटिसकेको थियो ।हातमा गीता लिएर फाँसीको फन्दामा चढ्नेहरु बलिभेदीको युद्दमा लडे र राणाहरुले जघन्य अपराध गर्दै जादा त्यही पापको विधान बन्यो प्रजातन्त्रको उदय। प्रजातन्त्रमा भ्रष्टाचार शून्य हुदैन थियो ,हुन्थ्यो तर नेपालका राजा रजौटा राणा महाराजहरु आफ्नो देशलाई सार्वभौम सम्पन्नताको गरिमा जोगाउन नै लागे र विश्व भूगोलमा नेपाल त्यो साम्राज्यवादी राष्ट्र अमेरिका ,त्यो विशाल रसिया र चीन अनि अष्ट्रेलिया जत्रै नाममा छ । तर यहाँ हामीलाई वृटिसका दासहरुले कहिले सिमा चिथोरेर त कहिले षड्यन्त्रमा अध्याययहरुमा आफ्नो रुप प्रतिरुप विरासतको चेहराले देखाउदै टल्काइसकेको छ।
हिजोका राजतन्त्रकालीन व्यवस्थामा भएका सन्धीहरुले सिमा मिच्न आएनन तर सन्धी नै नभएका नेपाली भूभागमा सांध सारिरहने छिमेकीको कारण पनि च्यालेन्ज विश्वको नक्सा भित्र नेपालको वास्तविक नक्सा यस्तो भनेर देखाईदिदा गुलाम विस्तारवाद निभ्न आटेको बत्तिको जस्तो भविष्य बोकेर सार्वभौमलाई नाङ्लो ठट्टाएर हात्ती तर्साए झैं नाटक मन्चन गर्दैछ। हामीसंग उत्तरमा हाम्रो भाषा,धर्म र सस्कृती नै नमिल्ने विशाल छिमेकी मुलुक चीन छ ,उसले हाम्रो सगरमाथामा पिल्लर गाड्न आएन । तर त्यही उत्तरको साथीले निलेको हो तिब्बत १ तर त्यो तिब्बत निल्ने कमरेडको देशले नेपाललाई थुप्रै सहयोग गरेको छ। तर हाम्रो भाषा,संस्कृती मिल्ने उत्तरको छिमेकी भाई दाईको साइनो लगाउदै सिमा मिच्न तम्सिएको मिचाहा र हेपाहा छिमेकी जस्तो आभास हामी र हाम्रो सार्वभौमताले गरेको छ जस्तो लाग्छ।
तर विडम्बना हामीसँग महान परिवर्तन भएर आकारले सानो देशभित्र बेमेलको निच राजनिती १ एउटै देशका नेपाली नागरिक यो चाहिँ यो पार्टीको अनि यो चाहिँ मेरो ,अनि त्यो चाहिँ अर्काको पार्टीको !
यसलाई लाजनितिको संज्ञा दिन मन लाग्यो। अब लाजनिती छोडेर राजनिती राजनिती जस्तो बन्नुपर्छ। राजनितीले सुध्रने चेष्टा गर्न सक्नुपर्छ ।यो क्वारेन्टाइन र लक डाउन अनि कोरोनाबाट र्यापमा नशावालाहरु थुन्निएर सुध्रे झैं लाजनिती सुध्रेर राजनिती बन्नुपर्छ ।
त्यो राजनितीमा नेपाललाई माया गर्ने मन
त्यो राजनितीमा देशलाई केही दिने मन
त्यो राजनितीमा देशभक्तहरुको मन मिल्ने मन
त्यस्तो मन राजनितीमा समर्पित राजनेता बन्यो भने त्यो राजनेताले ईतिहास बदल्न सक्ने व्यवस्था गणतन्त्र भने हाम्रो सामु न आए पनि हाम्रो लागि संविधान त्यस्तो किसिमको आएको छ। अनि ती नेतालाई गणतन्त्र आएको छ। हामीलाई एउटा राजा गएर हजारौं राजाहरु आएको जस्तो अनुभुती भएको छ। हामीलाई राजनिती आज्ञापालक नभै बिजिनेसमा चाहिँ रुपान्तरित अकुपेसन भएको महशुस भएको छ। अनि कच्चा लाजनिती ले जनता होनोरेबल बन्न पाएनन। तर सरकार होनोरेबल बन्यो आदेश पालक बन्ने चुनावी मसलानै बिर्स्यो । अनि जनता दास र सत्ता अनि नेता मालिक भएको जस्तो गणतन्त्र प्र्याक्टिकल्ली आएको छ। अनि यहाँ फुट,कलह र एउटा दलकोले अर्को दललाई बैरी देख्ने प्रबृत्ती सवार भएको छ। इतिहासको अपमान भएको छ। बलिदानहरु भुलिसकिएको छ ।सेवाभोगी मनहरुका फ्यानलाई चाकरी गर्न बाध्य बनाइएको छ। देशभक्तहरुलाई षड्यन्त्र र आरोप लगाउन खेमा देउसी भैलो टिम जस्तो देउसेभैलीहरुको भिड जम्मा भएको छ। त्यो भिडले जनताको गणतन्त्र महलमा आएको छ जनतामा छैन भन्दा आफ्नो दुख गरेर खाने श्रमिक मजदुर सर्वहाराहरुलाई उछित्तो काड्दै व्यक्तिवादको चाकरीको सिलौटोमा चाप्लुसीका मसलालाई चन्दन बनाउदै घोटिरहेका देखिन्छन । अनि जनता होनोरेबल नभै आदेशपालक बनाइए। गणतन्त्रको सुन्दर शासन सायद हाम्रो जीवनकालमा आउला या खै न आउला पनि कि रु यस्तै कन्फ्युजनहरु बढिरहेका छन। झुठा आश्वासनमा होनोरेबलहरु हजारौको भिडले उनिहरुलाइ दिने सेवा र सुविधाले नै नेपाल ऋणी बन्न पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी