अहिले देशभर कोरोना संक्रमितको संख्या दिनानु दिन बढीरहेको छ । यसले अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत धेरैलाई जोखिमको शिकार बनाईरहेको छ । अन्य देशमा कैयौ अग्रपक्तिका स्वाथ्यकर्मीहरुले ज्यानै गुमाईसक्नु भएको पनि छ । तर पनि कामबाट भाग्न नपाईने पेशा हो स्वास्थ्य कर्मी । तर आफै संक्रमित भए पछि उनीहरु आईसोलेसनमा रहनै पर्ने हुन्छ । यस्तै संक्रमित मध्य म पनि एक हुँ ।
कन्चनपुर लालझाडी गाउपालिका अनतरगत शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत म संक्रमित भए पछि अहिले आईसोलेसनमा बस्न बाध्य छु । म संक्रमित भएर दुखि हुनु भन्दा पनि स्वास्थ्य सेवा गर्न नपाएको ले असाध्यै दुखि भएको महसुस गरीरहेको छु ।
अहिले विश्व माहामारी कोरोना भाईरस अर्थात कोभिड –१९ को कारणले विश्व त्रसित भईरहेको बेला स्वास्थ्यकर्मि माथि ठुलो जिमेवारि आएको कुरा सर्वबिद्धितै छ।अहिले सम्म स्वास्थ्यकर्मिले देखाएको भुमिका अहम भुमिका रहेको छ । नेपाल कोभिड १९ विश्व महामारिको चपेटा परेको छ ।
पहिले भन्दा अहिले नेपालमा कोरोना संक्रमित अत्याधिक बढदै गएको छ । कोभिड–१९ लाई पराजित गर्न स्वास्थ्यकर्मिहरू पनि ज्यान को बाजि लगाएर युद्धमा हामी स्वास्थ्यकर्मि लागि परेकाछौ। हो म त्यहि युद्धमा घाईते भाएको छु ।
तर म फेरि कोभिड १९ बिरुद्धको लडाईमा आउने बच्चा गर्दै अहिले लडाईमा अहिले आईसोलेसनमा बसेको छु । स्वास्थ्य सम्बन्धि यस्तै अरु थुप्र संक्रमित हरुलाई पनि स्वास्थ्य लाभको कामना भन्दै छिट्टै कोरोना बिरुद्धको युद्ध जीतेर फेरी सेवामा समर्पित हुने आशा सहित ..। कोरोनाबाट नआत्तिऔँ, तर सुरक्षा र सवाधानी अपनाऔँ ।
