हो शुन्य मन छ
न तिमी छौ
न म छु
सिर्फ एउटा
खालीपन छ
मन पनि शुन्य छ
आकाश पनि रित्तिएको देख्छु
हो प्रिय
जिन्दगी पनि तेस्तै लाग्छ
फुलहरु पनि ओइलिएर गए
पातहरु पनि झल्दै गए
हो, एउटा
यही एउटा मन लिएर आएको छु
शुन्यतामा छन्
न तिम्रो माया छ
न तिम्रो प्यार छ
यही एउटा शुन्य मन छ
भिडभाडमा
सुनसान देख्छु
प्रेममा घृणा देख्छु
घृणामा प्रेम देख्छु
हो, प्रिय
अचेल म
शुन्यमा छु
रितिएको छु रित्तिदै छु
तरपनी
यो मनहरुमा
तिम्रो र मेरो
अथाह प्रेम देख्छु
यि शुन्य मनहरुमा
प्रेमले भरिदिन्छौ
तिम्रो प्रेमको न्यानोपन हरुले
अनि फेरि
तिम्रो प्यारको अनुभुती गर्छु
हो, प्रिय
तिमी प्रति केही भन्नु छैन
विचारहरु पनि छैन
गुनासा पनि छैन
सिर्फ एउटा
तिमी प्रती मेरो
प्रेम छ अनि त्यसमा
शुन्यता छ।
-अमित संग्रौला, बिर्तामोड , झापा हाल दुबई
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline