कोरोना परास्थ गर्दै महाकाली अस्पताल कोरोना जितेर महाकाली अस्पतालबाट चार जना डिस्चार्ज भएर घर फर्किए

कोरोना परास्थ गर्दै महाकाली अस्पताल कोरोना जितेर महाकाली अस्पतालबाट चार जना डिस्चार्ज भएर घर फर्किए

  • आइतवार, जेष्ठ ३२, २०७७
  • डम्मर राज भट्ट

  • 7K
    SHARES

कञ्चनपुर, ३२ जेठ । कोरोना जितेर कञ्चनपुरको महाकाली अस्पतालबाट चार जना बिरामी निको भएर घर फर्किएका छन् । दुई जना कञ्चनपुर र दुई जना काठमाण्डौँका स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

चारै जना भारतबाट फर्किएका हुन् । भारतबाट गड्डाचौकी नाका भएर घर फर्किन लागेका काठमाण्डौँ कागेश्वर महनराका राजेश हमाल र उनका छोरा तपेन्द्र हमाल, भीमदत्त नगरपालिका २ उल्टाखामका देव बहादुर चन्द र महाकाली नगरपालिका ३ चाँदनीका दिल बहादुर सुनार आइतबार महाकाली अस्पतालबाट डिस्जार्च भएका हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरुको विचमा स्वाब संकलन गरेर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा। हरि कुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा चारै जनाको स्वास्थ्य अवस्थामा समान्य भएको जनाईएको छ । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २।३९क० अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि चारै जनालाई डिस्चार्ज गरिएको उल्लेख गरिएको छ । महाकाली अस्पतालका भर्ना भएका चारै जना कोरोना जितेर घर गएका यि पहिला हुन् । चारै जनाको महाकाली अस्पताल व्यवस्थापन समितिका पदाधिकारी चिकित्सक एव स्वास्थ्यकर्मीले खादा र टिका लगाएर विदाई गरेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी९बोक्सर०ले चारै जना निको भएर विदाई गरिएको बताए । ‘पहिले अन्य रोगका बिरामी पनि रिर्फर हुन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अहिले कोरोना जस्तो जटिल रोग पनि उपचारमा सफल भईरहेका छौँ ।’ चारै जनाले अस्पतालमा नियमित चेकजाँच उपचार पछि निको भएको प्रतिकृया जनाएका छन् ।

बाँच्ने आश नभएपनि अस्पतालको उपचारपछि निको भएर घर जाँदा आफुहरु हर्षित भएको उनीहरुले बताए । कोरोनाका बिरामी दिनप्रतिदिन बड्दै गएपनि महाकाली अस्पतालमा बिरामीले भरिभराउ भएको छ । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् ।

पछिल्ला दिनमा महाकाली अस्पताल विश्वमै महामारीका रुपमा देखिएको कोरोनाको समेत सफल उपचार गरेपछि अस्पतालप्रति नागरिकको विश्वास जित्दै गएको छ । महाकाली अस्पतालमा कैलाली, काठमाण्डौँका बिरामी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ