गर्भवती महिलादेखि स्वाथ्य र सुरक्षाकर्मीलाई कोरोना

गर्भवती महिलादेखि स्वाथ्य र सुरक्षाकर्मीलाई कोरोना

परीक्षण रिर्पोट नआउँदै घर पठाईएपछि कोरोना भाईरस समुदायमा फैलिने खतरा

  • आइतवार, जेष्ठ ३२, २०७७
  • डम्मर राज भट्ट

  • 10.2K
    SHARES

कञ्चनपुर, ३२ जेठ । कन्चनपुरमा शनिबार एकै दिन २१ जनामा कोरोना पुष्टी भएको छ । धनगढी स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला  पिसिआर विधिबाट कोरोना परीक्षण केन्द्रमा गरिएको परीक्षण अनुसार एकै दिन कञ्चनपुरका २१ जनाका कोरोना पुष्टी भएको हो । यस अघि २० जेठमा १० र २६ जेठमा २१ जनामा देखिएको थियो ।

कञ्चनपुरमा पनि कोरोनाको मिटर क्रमिक रुपमा बृद्धि हुँदै गईरहेको छ । २१ जनामा एकै पटक कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो । महाकाली अस्पताल स्रोतका अनुसार मासमा देखिएको कोरोना पोजेटिभ रिर्पोट अनुसार एक गर्भवती महिला, स्वस्थ्यकर्मी र सुरक्षाकर्मी लगायत विदेश भारतबाट फर्किएका १९ जनामा कोरोना देखिएको छ । पुनर्वास नगरका एक नेपाली सेना, लालझाडी गाउँपालिकामा एक स्वास्थ्यकर्मी र गर्भवती महिलामा देखिएको हो ।

महाकाली नगरपालिकामा तीन जना युवामा कोरोना देखिएको थियो । तीनै जना जबरजस्ती घर गएको नगरपालिकाले जनाएको छ । ‘हामीले कोरोना परीक्षणका लागि पिसिआर संकलन गरेको थियौँ, ‘महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भने, ‘जबरजस्ती हामीसंग झगडा गरेर घर गएका हुन् ।’ यस्तै गर्भवती र स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको लालझाडी गाउँपालिकामा पनि केही युवक जबरजस्ती घर गएका थिए ।

गाउँपालिकाले रिर्पोट आउँन दिनुहोस, पर्ख पर्ख धैर्य गनुहोस, भन्दभन्दै उनीहरु जबरजस्ती झगडा गरेर गएको जनाईएको छ । जबरजस्ती घर गएकाहरुमा धमाधम कोरोना देखिएपछि उनीहरुका घर परिवार र स्थानीय हैरान भएका छन् । आफ्ना कारण र अनावश्यक जिद्दीका कारण परिवार र समुदायमा संक्रमण फैलिने खतरा बढेको भन्दै अब उपरान्त क्वारेन्टाईनबाट जबरजस्ती गरेर घर जान नदिने र जानेमाथि कार्बाही गर्नुपर्ने बताए । यस अघि कञ्चनपुरमा कोरोना कहरले शिशुदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भारतबाट फर्किएका युवामा संक्रमण देखिएको शुरु भएको थियो । चैत्र दोस्रो साता भारतबाट फर्किएका बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया युवकमा देखिएको थियो । त्यसपछि बैशाख अन्तिम साता बेदकोट नगरपालिक १० कै हरपालकी ३३ बर्षिया महिलामा कोरोना देखिएको थियो ।

भारतमा अडकिएका नेपालीलाई गड्डाचौकी नाका भएर भित्र्राएपछि कञ्चनपुरमा कोरोना कहर संक्रमण बढेको पाईन्छ । १० जेठदेखि २६ सम्म दुई साताको अवधिमा कञ्चनपुरका ३१ जनामा कोरोना देखिएको छ । २० जेठमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट फर्किएकी शुक्लाफाँटा नगरपालिका ११ की ११ महिने बालिकामा संक्रमण देखिएको छ । उनको महाकाली अस्पतालमा उपचार भईरहेको छ । पुनर्वासमा एक स्वास्थ्यकर्मी सहित ६ जना, महाकाली १, भीमदत्त नगरपालिका २ र लालझाडी गाउँपालिका १ जनामा कोरोना देखिएको हो ।

२६ जेठमा १९ जना एकै पटक कोरोना देखियो । शुक्लाफाँटा नगरपालिका १ युवक, पुर्नवास नगरपालिका एक स्वास्थ्यकर्मी एक सुरक्षाकर्मी सहित १३ जना र भीमदत्त नगरपालिका दुई सुरक्षाकर्मी सहित ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । ३१जेठमा २१ जनामा एकै पटक कोरोना देखिएपछि कञ्चनपुर पनि कोरोनाको उच्च जोखिममा रहेको पाईन्छ । पुर्नवास नगरपालिकाका २ स्वास्थ्यकर्मी, दुवै ल्याब असिष्टेन्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षक र खड्डाकंकड प्रहरी चौकीमा कार्यरत अर्का प्रहरी जवानमा कोरोना देखिएका छन् ।

कोरोना संक्रमण देखिएका तीनै जना प्रहरी क्वारेन्टाईनमा खटिएका थिए । दुई प्रहरी भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारको बैजनाथ क्वारेन्टाईन र पुनर्वास नगरपालिका ९ विचफाँटाको दिप शिखर माविको क्वारेन्टाईनमा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । कोरोनाका बिरामी दिनप्रतिदिन बड्दै गएपनि महाकाली अस्पतालमा बिरामीले भरिभराउ भएको छ । महाकाली अस्पतालमा निर्माण हुन लागेको ५० सैयाको कोरोना अस्पताल निर्माण नहुँदा खचाखच भएको छ । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले आरडिटी पोजेटिभलाई पनि अस्पतालमा ल्याउँदा पिसिआरबाट कोरोना देखिएपछि समस्य भएको बताए । उनका अनुसार नयाँ भवनमा ५० जना र गर्भवती महिलाका लागि छुट्टै व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ