दैलेखमा कोरोना नियन्त्रणका नाममा भएको हिशाब सार्वजनिक गर्न नेकपाको माग

दैलेखमा कोरोना नियन्त्रणका नाममा भएको हिशाब सार्वजनिक गर्न नेकपाको माग

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

जेष्ठ ३२ दैलेख । कर्णाली प्रदेशकै सबै भन्दा धेरै कोरोना संक्रमित भएको जिल्लामा सरकारले नियन्त्रण प्रभावकारी बनाउन नसकेको, आन्दोलनरत संक्रमितमाथि दमन गरेको भन्दै नेकपाले बिरोध जनाएको छ ।
विप्लव नेतृत्वको नेकपा दैलेखका ईन्चार्ज दिपेन्द्रले आज एक विज्ञप्ति जारी गरी दैलेख जिल्लामा कोरोना भाईरस डढेलो झै फैलिरहेको भन्दै नागरिकहरु रोग र भोकले मरिने त्रासमा रहेको र केपि नेतृत्वको सामाजिक दलाल सरकार कोरोना नियन्त्रण गर्न पुर्ण रुपमा असफल भएको भन्दै जिल्लामा भएको हिशाब सार्वजनिक गर्न समेत माग गरेका छन् ।
“क्यारेन्टानमा वस्नेहरुले खाना,सुताई ,पानी र शौचालयको राम्रो ब्यवस्थापन नभएको भनेर सरकार बिरुद् आन्दोलन गरिरहेका छन्।नारायण नगरपालिकाको आईसोलेशनमा वसेका सँक्रमितहरुले महिना दिन पुग्दा पनि पिसिआर रिपोर्ट नआएकाले असन्तुष्टिको रुपमा आन्दोलन गरेका छन्। सँक्रमितमाथि प्रहरीले लाठी चार्ज गर्दा ४जना सक्रमित युबाहरु घाईते भएको समचार आएको छ।सँक्रमित युवाहरुको कुरा सुनेर समस्या समाधान गर्नुको सट्टा घाईते हुने गरी दमन गर्नुले राज्यको फासीवादी चरित्र पुस्टि भएको छ।” विज्ञप्तिमा भनिएको छ ।

दैलेखमा आरडिटि चेक गरेका मानिसहरुलाई घर पठाईसकेपछि कोरोना समुदाय स्तरमा पुगेको र जिल्लामा कोरोनाले भयावह रुप लिने संकेत देखिएको भन्दै ईन्चार्ज दिपेन्द्रले कोरोना नियन्त्रणमा केन्द्र,प्रदेश र स्थानिय सरकारलाई गम्विर हुन र जनताको स्वास्थ्यमा खेलबाड नगर्न हाम्रो पार्टी सरकारलाई ध्यानआकर्षण गराएका छन् ।
साथै उनले कोरोना संक्रमितको जीवन विमा गर्न र मृतकको परिवारलाई राहत दिन माग गरेका छन् ।
दैलेखमा आज सम्म ५०२ जना सक्रमित भएका छन्। ३०जना कोरोनालाई जितेर डिस्चार्ज भएर घर फर्किसकेका छन्‌।एक जनाको मृत्यु भईसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ