फेरी कोरोनाले लियो एक नेपालीको ज्यान, गुल्मीका ३६ बर्षे युवाको मृत्यु

फेरी कोरोनाले लियो एक नेपालीको ज्यान, गुल्मीका ३६ बर्षे युवाको मृत्यु

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

जेष्ठ ३२ गुल्मी । नेपालमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार ती युवाको गएराति १० बजे ज्यान गएको हो ।
उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए। केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो। उनको शवलाई आजै व्यवस्थापन गर्ने तयारी भएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।
यस अगाडि कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं। ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा ज्यान गएको थियो।
यो सगँै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले घोषणा गर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ