पर्वतको दुर्लुङमा गएको पहिरोमा परि मृत्यु भएका ५ जनाको शव भेटियो, बेपत्ताको खोजी गरिदै

पर्वतको दुर्लुङमा गएको पहिरोमा परि मृत्यु भएका ५ जनाको शव भेटियो, बेपत्ताको खोजी गरिदै

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

पर्वत, ३२ जेठ । पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो ।

घटनास्थलमा उद्धारका लागि गएको प्रहरी टोलीले ३ जनाको शव निकालेको छ भने अन्य २ जनाको शव निकाल्ने प्रयास भईरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
शव निकाल्न पनि समस्या भईरहेको उहाँको भनाई छ ।

मृतकहरु तीन जना एकै परिवारका रहेका छन् । तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । भने तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छन् ।

आज बिहान भेटिएका दुई जनाको भने पहिचान खुल्न सकेको छैन । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।
पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एक्स्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको तर रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनु भयो । मुसलधारे वर्षापछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयबासी समेत उद्धारमा संलग्न छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ