ईनरुवाको हनुमान बस्त्रालयमा आगलागी, नगरपालिकाकै दमकल बिग्रिएकाले आगो निभाउन ढिलाई

ईनरुवाको हनुमान बस्त्रालयमा आगलागी, नगरपालिकाकै दमकल बिग्रिएकाले आगो निभाउन ढिलाई

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जेष्ठ ३२ ईनरुवा । सुनसरीको इनरुवामा अहिले भिषण आगालागी भईरहेको छ । इनरुवा बजारमा रहेको हनुमान बस्त्रालय र सृजना फाईनान्समा भिषण आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विहान ५ बजेबाट सुरु भएकोे आगलागी अहिले सम्म नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि इटहरीको दमकलले प्रयास गरिरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले दुवै भवनमा रहेका सम्पुर्ण सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन ।
दमकलले आगलागी नियन्त्रणका लागी पानीको फोहोरा भित्रसम्म फया्क्न नसकेपछि ईस्काभेटरले घर भत्काएर आगलागी नियन्त्रणको प्रयास थालिएको छ ।
हनुमान बस्त्रालय पुर्ण रुपमा जलेर नष्ट भएकाले र सृजना फाईनान्स रहेको भवनमा माथिल्लो तलाबाट आगो सुरु भएकाले नियन्त्रणमा कठिनाई भएको हो ।
इनरुवा नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र आउन ढिला हुदाँ तत्काल नियन्त्रण हुन नसकेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ