जेष्ठ ३२ दोलखा । दोलखामा सरकारले गरेको लकडाउनको अपरिपक्व तयारी र सरकार भ्रष्टाचार मा लिप्त भएको र चोर बाटो प्रयोग गरि बजेट मार्फत भित्र्याउने खेलमा लागेको प्रति आपात्ती जनाउदै , बिरोध र प्रदर्शन सुरु गरेका छ्न ।
हिजो जस्तैः आज पनि गरीबका लागि ऐन र ठुलाको लागि चैन हुन थाले पछि बाध्यताले आफुहरु आवाज उठाउन सुरु गरेको एक स्वतन्त्र स्थानीयले बताए ।
ूसरकारलाई आफुहरुले वुहान बाटै बिद्यार्थी ल्याउदा १५ दिनको समय दिएर देश बाहिर र भित्र आउने नागरिकलाई समय दिएर , आएका सबै नागरिकलाई क्वारेन्टाइन राख्ने र सिमा सिल गर्ने पोस्ट राखेर नाकामा करेन्ट छोड्ने र अन्तर्राष्ट्रिय उडान बन्द गरेर जिल्ला तहमा लकडाउन गरेको भए , यो भयावह स्थिति पनि नआउने र कृषिमा पनि केही रुपान्तरण हुने थियो ।
निरन्तर खबरदारी गर्ने र समज र टोल बस्तीमा रास्ट्रीयता र स्वाधीनताको सचेतना पुर्याउन आफुहरु जुटेको बताए । अभियान स्वतन्त्रता स्थानीय युवाहरूको आयोजनामा भएको हो उनले भने, हामी सबै नगर र पालिकाबाट अभियान उठाउदै छौं ।
दोलखामा युवासगैँ बालबालिका समेत एमसीसी बिरुद्ध प्लेकार्ड बोकेर उत्रिएको देख्न सकिन्छ ।