कलुवापुरको क्वारेन्टाईनबाट युवक भागे जनप्रतिनिधी हैरान, वडाबासी चिन्तित !

कलुवापुरको क्वारेन्टाईनबाट युवक भागे जनप्रतिनिधी हैरान, वडाबासी चिन्तित !

  • शनिबार, जेष्ठ ३१, २०७७
  • डम्मर राज भट्ट

  • 11.8K
    SHARES

कन्चनपुर,३१ जेठ । कञ्चनपुरको शुक्लफाँटा नगरपालिका ११ कलुवापुर स्थित सरस्वती माविको क्वारेन्टाईनबाट एक युवक भागेका छन् । भारतबाट फर्किएका सोही वडाका स्थानीय युवक महेश विष्ट भागेका हुन् ।
उनी गयराती क्वारेन्टाईनबाट भागेपछि जनप्रतिनिधी हैरान भएका छन् । भने वडाबासी चिन्तित भएका छन् । उक्त क्वारेन्टाईनमा बसेका दुई जनामा कोरोना पुष्टी भएका थिए ।
शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले भागेका युवक दोस्रोदिन जंगल क्षेत्रमा फेला परेको बताए । भाग्ने कारण भने वडाध्यक्ष बुढाले खुलाएनन् । क्वारेन्टाईनमा अभाव वा युवक उछृङगल भएर हो, भन्ने विषयमा एकिन भएको छैन् । ‘मैले सबैलाई क्वारेन्टाईनमै सम्झाएर आएको थिए, ‘वडाध्यक्ष बुढाले भने, ‘सम्झाएर आएको केही घण्टामै उनी भागेका रहेछन् ।’
जस्तोसुकै समस्या दुख भएपनि भाग्ने काम पूर्ण गलत भएकाले समाज बिरोधी काम भएको टिप्पणी गरिएको छ । क्वारेन्टाईनमा जोखिमका घर भएपनि त्यहाँ बस्नेहरु सजक नभए समुदायमा झन जोखिम पर्ने देखिन्छ । शुक्लाफाँटा नगरपालिका ११ मा राहत वितरणदेखि अनौठा अनौठा घटना भईरहेका छन् । कन्यदान स्टाईलमा राहत वितरणदेखि राहत नपाएको झोकमा विषाधी पर्दाथ सेवन लगायत विचित्रका घटना भईरहेको बुझिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ