जेष्ठ ३१ काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन् । यो संख्या हिजोको तुलनामा भने कमी हो । हिजो एकै दिन ४ सय ४८ जनामा संक्रमण देखिएको थियो ।
७२ जिल्लामा कोरोना देखिएको छ। थप २ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ। यस्तै ९ सय बढी निको भएर घर फर्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline