कञ्चनपुर, ३१ जेठ । कोरोना संक्रमण बढिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाले सिसिआर मेसिन खरिद गरेर जिल्लामै जडान गरेर ल्याब स्थापना गर्ने तयारी थालेका बेला प्रदेश सरकारले कञ्चनपुरको भेटेरिनरी अस्पतालमा रहेका उपकरण लैजान खोजेको छ । शुक्रबार बिहान प्रदेशका समाजिक विकास मन्त्री कृष्ण सुवेदी महाकाली अस्पतालको आईसोलेशन भवन उद्घाटन गर्न आएकै दिन प्रदेश सरकारबाट खटाएको भन्दै भेटेरिनरी अस्पताल भ्यान लिएर आएको सेती प्रादेशिक अस्पतालको टोली रित्तै फर्किएको छ । जिल्लामा पिसिआर मेसिन जडान गरेर कोरोना परीक्षणका लागि आवश्यक केही उपकरण भेटेरिनरी अस्पतालमा रहेक छन् ।
उक्त मेसिन तथा उपकरण वायोईन्जिनियरको टोली सहित भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले अवलोकन गरेका थिए । ईन्जिनियरले उक्त उपकरण काम लाग्ने भन्दै मेसिन खरिदका लागि नगरपालिकाले आवश्यक सबै प्रकृया अघि बढाएकै मुखमा जिल्लामा उपलब्ध भएका उपकरण अन्य जिल्ला लैजान स्वीकार नभएको भन्दै कञ्चनपुरका नागरिक समाज एव अगुवाले उक्त मेसिन तथा उपकरण लैजान दिएनन् । नागरिक समाजका अगुवा कोमरनिरन्जन भाटले जिल्लामा उपलब्ध भएका मेसिन लैजान नहुने बताए ।
उनले जिल्लामा ल्याबको तयारी रहेका बेला थप सरकारले सहयोग गर्नुपर्ने बताए । गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेश सिलालले भएका उपकरण लगेर धकेल्ने काम भएको बताए । एमनेष्टी ईन्टरनेशका सदस्य नरेन्द्र भाटले कुनैपनि बहानामा जिल्लामा भएका स्रोत साधन लैजान नहुने तर्क राखे । नेपाल पत्रकार महांसंघका अध्यक्ष विष्णू दत्त अवस्थीले पिसिआर मेसिन खरिद गरेर जडान गर्ने तयारीकै मुखमा प्रदेश सरकारले यहाँ भएका मेसिन लगेर समस्या खडा गर्न खोजेको टिप्पणी गर्दै दुवै जिल्लामा थप उपकरणमा जोडदिए । महाकाली अस्पताल व्यवस्थापन समितिक अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले मेसिन लग्नु भन्दा कञ्चनपुरलाई थप दिनुपर्नेमा जोडदिए ।
भेटेरिनरी अस्पताल एव विज्ञ केन्द्रका प्रमुख पान सिह ठगुन्नाले केहीदिनका लागि लग्छौँ भनेर धनगढीबाट आएकाहरुले नलगेको बताए । ‘प्रयोगशाला संचालनका लागि अस्पतालमा मौजुदा रहेका मेसिन उपकरणा लग्छौँ, भनेर आएका थिए, ‘उनले भने, ‘यहाँका सरोकारवाला आएपछि लग्न नदिने अडान राखेपछि उनीहरु रित्तै फर्किए ।’ भेटेरीनरी अस्पतालमा दुई बर्षअघि मात्रै स्थापना गरिएको ल्याबमा उक्त मेसिन ल्याईएका थिए ।
जिल्लामै कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिदका लागि सबै स्थानीय तहविच छलफल समेत भएको छ ।