काठमाण्डौँ जेठ ३०। नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. डिला संग्रौला पन्तले युवाहरुमाथिको दमन बन्द गर्न भन्दै १० अर्बको हिसाब सार्वजनिक गर्न सरकारलाई चैतावनी दिएकी छन् । सामाजिक संजालमा टिप्पणी गर्दै उनले भनेकी छन् । ‘सरकारल आफ्ना कमीकमजोरी लुकाउन हर प्र यन्तशील देखिन्छ। बास्तबिकरुमा जनताले उठाएका कुराहरुलाई गल्ती स्वीकार गरि अगाडी बढनुको सट्टा आफै मैमक्त मै सड़कमा स्वतह स्फूर्त रुपमा अलिएको जन लहरलाई दबाउने गर्दै छ। यो निभ्ने बेक्ती जस्तै भएको छ।
सच्याउ, भस्टाचार छल्न सरकारले सडकमा अलिॅएको हजारौ युवाहरुको आवाजलाई नबुझि उल्टै स्वास्थ्य मन्त्रीले राजनीतिको संज्ञा दिदै जाने हो भने नेपाली जन्ता अब चुपलागेर बस्दैनन खवर्दार सरकार! पछुताउनु पर्ला। युवाहरुमाथिको दंमन शेषण बन्द गर।
दस अरबको हिसाब किताब सार्वजानिक गर। अहिले स्वस्फुर्तरुमा देशभर युवाहरुले गरिरहेको प्रदर्शनमा सरकारले दंमन गरेको प्रति लक्षित गर्दै सांसद संग्रौलाले नेपाली जनता चुप लागेर नबस्ने भन्दै आफ्ना कमजोरी नसच्याए पछुताउन पर्ने सुझाव दिएकी छन्।