तीन लाख पचिस हजारको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

तीन लाख पचिस हजारको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • रबिन्द्र यादव

  • 7.4K
    SHARES

नवलपरासी पश्चिम ३० जेठ लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको बैदोली ,धरमौली लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट  प्रतापपुर गाउँपालिका -६ गुठी प्रसाैनीले नेपाल- भारत भित्र्याउनको लागि मल ,केरा बालिमा छर्ने बिषादी अौषधी ,रक्सी ,लत्ताकपडा लगायत करिब तीन लाख पचिस हजार बराबरको मालसामान दशगजाको छेउबाट नियन्त्रणमा लिइ भन्सार पठाएको छ ।

सिमामा तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् ।

सिमामा सशस्त्र प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए । सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन ।

नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ