सात वर्षदेखि थलिएका बिरामीलाई मनकारी रणबहादुरको आर्थिक सहयोग अभियान

सात वर्षदेखि थलिएका बिरामीलाई मनकारी रणबहादुरको आर्थिक सहयोग अभियान

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • डम्मर राज भट्ट

  • 9.8K
    SHARES

धनगढी, ३० जेठ । लालपुरका मनकारी रणबहादुरले सात वर्षदेखि थलिएका एक बिरामीका लागि आर्थिक सहयोग अभियानको थालनी गरेका छन् ।

सात वर्ष अगाडि दुर्घटनामा गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेका एक बिरामीको लागि मनकारी रणबहादुर खड्काले आर्थिक सहयोग अभियानको थालनी गरेका हुन् ।

डोटी जिल्ला बाझ ककानी सालगाउँ घर भइ हाल कञ्चनपुर, भीमदत्तनगरपालिका–५, का ३५ वर्षीय योगेन्द्र खड्काको २०६९ पौष १३ गते सुर्खेत जिल्लाको दशरथपुर गमखोला बस दुर्घटनामा परि मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनको बिगत केही दिनदेखि कम्मर मुनीको पूरै अङ्गहरु नचल्ने भएपछि उपचारको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो ।

सात वर्षीय छोरीको पितासमेत रहेका उनी बिगत १० दिनदेखि अस्पतालमा छट्पटाइरहेका छन् । उनले अस्पतालको शैयाबाटै सबैलाई सहयोग गरिदिन अपिल समेत गरेका छन् ।

सात वर्षदेखि उपचार गर्दा गर्दै सम्पूर्ण जायजेथा सम्पति सकिएर आर्थिक समस्या देखिएपछि उनको थप उचारको लागि एउटा मानवीय धर्म निर्वाह गर्दै अभियानको थालनी गरिएको कैलालीको गोदावरी नगरपालिका–६, लालपुरका रणबहादुर खड्काले जानकारी दिए । “हामीले अस्ती मात्रै बिरामीलाई भेटेर अभियानबाट उठाएको पच्चीस हजार रुपैयाँ हस्तान्तरण गरेका छौं ।” उनले भने –“सहयोगी सम्पूर्ण मनहरुलाई हार्दिक धन्यवाद दिदै यो अभियानलाई अझै सहयोग गर्न आव्हान समेत गर्दछु ।” यस अभियानमा बिरामी खातावाला योगेन्द्र खड्काको नबिल बैंक लिमिटेड शाखा, कञ्चनपुर खाता नम्बर २९१००१७५०७७६१ मा सोझै जोडिन सकिने पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी