आज जोर नम्बरको सवारी चलाउन पाईने, बिजोर चलाउनेलाई ट्राफिकको कार्बाही

आज जोर नम्बरको सवारी चलाउन पाईने, बिजोर चलाउनेलाई ट्राफिकको कार्बाही

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं जेष्ठ ३० । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आजदेखि जोर बिजोर प्रणाली लागू भएको छ । आज पहिलो दिन जोर नम्बरका सवारी साधन चल्न दिईएको छ । बिजोर नम्बर चलाउनेलाई भने ट्राफिक प्रहरीले कार्बाही गर्न थालेको छ ।

आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आजदेखि सञ्चालन हुने जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ ।

४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र मोटरसाइकल, स्कुटर, मोपेडमा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने छ ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ ।

यस अघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने महाशाखाले उल्लेख गरेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ